सूर्यविनायक नगरपालिकामा खुल्याे एनआईसी एशिया बैंकको विस्तारित काउन्टर

काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिकामा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त नगरपालिकाको कार्यालय परिसरमा आइतबारदेखि सो शाखा सञ्चालनमा ल्याएको बताएको छ । यो सँगै बैंकको विस्तारित शाखा संख्या ९३ वटा पुगेको छ ।

विस्तारित काउन्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरे ।

सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा बैंकले खुशी व्यक्त गरेको छ । देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बैंकका सीईओ रोशन कुमार न्यौपानेले बताए । एनआईसी एशिया बैंकको मुलुकभर ३३३ वटा शाखा कार्यालय, ४७१ वटा एटीएम, ९३ वटा एक्स्टेन्सन काउन्टर र ७६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया