झापा / सिजी फुड्सले उपहार विजेता दमक नगरपालिका–८ की सुशिला तामाङ शनिबार स्कुटर प्रदान गरेको छ । व्यापारिक घरना चौधरी ग्रुपको सिजी फुड्सले उत्पादन गरेको वाईवाई जीङ्ग तयारी चाउचाउको “जिङ्गमा जीत उपभोक्ता उपहार योजना” अन्तर्गत उनी चैथाे स्कुटर विजेता हुन् । तामाङलाई दमकमा आयोजित एक कार्यक्रमकाबीच सिजी फुड्स (नूडल्स डिभिजन) प्रदेश १ का प्रमुख पुण्यप्रसाद लुइँटेल, मेची काेशी इन्चार्ज राजु भण्डारी, सहायक प्रबन्धक (बजार व्यवस्थापक) रवीन्द्र मास्के, लगायतले यमाहा कम्पनीको स्कुटरको चावी हस्तान्तरण गरे ।
प्रदेश १ प्रमुख पुण्यप्रसाद लुइँटेलले चाउचाउको बजार प्रवद्र्धन कार्यक्रम अन्तर्गत ग्राहाकहरुलाई उपहार स्वरुप स्कुटर प्रदान गरिएको बताए । उनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण केही समयदेखि रोकिएको बजार प्रवद्र्धनलाई निरन्तरता दिँदै चाैथाे विजेतालाई स्कुटर प्रदान गरिएको हो । ‘लकडाउन’ खुकुलो भएसँगै ‘जीङ्ग खाऔं, स्कुटर पाऔं’ उपहार कार्यक्रमलाई सञ्चालन गरिएको जानकारी लुइँटेलले दिए ।
मास्केका अनुसार प्रदेश १ का विभिन्न जिल्ला र शहरमा उपभोक्ता एवं ग्राहाकलाई केन्द्रीत गरिएको उपहार योजना कार्यक्रमलाई अब तीव्रता दिइने छ । माघबाट उत्पादन सुरु गरेर बजारमा ल्याएको चाउचाउले माघ १९ बाट उपहार योजना सञ्चालनमा ल्याएको जानकारी उनले दिए । मास्केका अनुसार यसअघि पहिलो र दोस्रो विजेता बन्दै सुनसरीको धरान–१५ की सुप्रीया श्रेष्ठ र मोरङको उर्लाबारी–३ मंगलबारेका कैलाश राई, तेस्राे विराटनगर महानगरपालिका–३ की पवित्रा कटवालले उपहार स्वरुप स्कुटर प्राप्त गरिसकेका छन् ।
ग्राहाकलाई लक्षित गरेर चाउचाउको ‘जीत उपभोक्ता उपहार’ योजनाअन्तर्गत ट्ब्लेट्स, स्मार्ट वाच, स्केटिङ साइकल, स्पाइनर, फुटबल स्पाइनरटप, कलरफुल ग्यारो, लुडो लगायतका आकर्षक उपहारहरु राखिएको जानकारी उनले दिए ।