धरान / कोरोनाको संक्रमण समुदाय स्तरमै बढ्दै जादा सबै क्षेत्र तहस नहस भएका छन् । कोरोनौ कारण नेपालीहरुको मौलिक पर्व खुलेर मनाउन पाएका छैनन भने मौलिक चाडपर्व खुलेर मनाउन नपाउदा व्यवसायीहरुको समेत व्यवसाय चल्न नस्क्दा व्यवसायी प्रतिष्ठानहरु समेत धरासायी बन्दै गएको छ । धरानमा आधा दर्जन भन्दा ठुला व्यवसायिक प्रतिष्ठान र अधिकांश साना व्यवसायीहरुसमेत कोरोनाको कहरका समस्यामा परेका छन् । यी प्रतिष्ठानमध्ये धरानको अत्याधिक चर्चामा रहेको बराह ग्रुप प्रा.लि.ले समेत कोरोनाकै कारण खुलेर आफ्नो २६ औं बार्षिकोत्सव मनाउन पाएन ।
सहज अवस्था रहेका बेला विगतमा सामाजिक कार्य गर्दै ग्राहक, समाजका प्रतिष्ठित व्यक्ति तथा सञ्चारकर्मीलाई सम्मान लगायतका विविधि कार्यक्रमको आयोजना गर्दै आफ्नो बार्षिकोत्सव मनाउदै आएको बराहले नेपाल सरकारको सुरक्षा मापदण्डको पालना गर्दै जोखिम क्षेत्रमा काम गर्नेहरुलाई स्वास्थ्य सामग्री (मास्क, सेनिटाइजर र ग्लोब्स) तिवरण गरेर बार्षिकोत्सव मनाएको छ ।
धरान ५ मा रहेको आफ्नै व्यवसायी फर्मको प्रांगरणमा मनाएको २६ औं बार्षिकोत्सवका अवसरमा स्वास्थ्य, सुरक्षा तथा सञ्चार क्षेत्रमा कार्यरतहरुलाई सुरक्षा सामाग्री वितरण गरेको हो । आर्जन गरेको केही रकम सामाजिक क्षेत्रमा समेत खर्चिदै आएको बराहका काठमाण्डौ, पोखरा, चितवन र धरानका कर्मचारीबाट रकम संकलन गरी विगतमा संघीय सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ६० प्रतिशत र स्थानीय सरकारको राहत कोष अर्थात धरान उपमहानगरपालिकाको राहत कोषमा ४० पतिशत रकम गरी १९ लाख प्रदान गरिसकेको बराहले शुक्रबार आफ्नो २६ औ बार्षिकोत्सवको अवसर पारेर स्वाथ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई १ हजार ५ सय २६ पिस मास्क, सोही बराबरको पञ्जा र ५ सय २६ पिस सेनेटाइजर वितरण गरेको हो ।
बराह ग्रुपका धरान प्रमुख मानबहादुर विश्वकर्माले विगतमा सामाजिक कार्य गर्दै समाजका प्रवुद्ध व्यक्तिलाई सम्मानका साथ भव्य बार्षिक उत्सव मनाए पनि यसपटक भने समाजका फन्टलाइनमा काम गर्नेलाई सुरक्षा सामाग्र वितरण गरेर मनाएको बताएका छन् ।
यस्तै धरान उपमहानगरपालिका प्रमुख तिलक राईले पछिल्लो समय कोरोना कहरका कारण सबै क्षेत्र प्रभावित बनेको बताए । उनले पछिल्लो समय कोरोना संक्रमित व्यक्ति तथा उनका परिवारलाई गर्ने समाजको व्यवहारप्रति संकेत गर्दै प्रमुख राईले रोगीलाई समाजको खाचो भएको बेला सामाजिक बहिष्कार गर्न नहुने बताउदै अब यस्ता व्यक्तिहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले बराहले आफ्नो व्यवसायसंगै आर्जन गरेको नाफाको केही अंश सामाजिक कार्यक्रमा खर्च गर्ने गरेको बताए । उहाले यस्तो विषम परिस्थितिमा व्यवसायीक क्षेत्र समेत प्रभावित बनेको बताउदै यो विषम परिस्थितिमा सबै मिलेर सामना गर्नुबाहेक अर्को विकल्प नरहेका समेत स्पष्ट पारेका छन् ।