स्थानीय स्रोत साधन परिचालन नै आर्थिक विकासको मेरुदण्ड हो : ढकाल

उदयपुर / नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष्त तथा वरिष्ठ सदस्य चण्डिराज ढकालले नेपालको आर्थिक विकासको मेरुदण्ड भनेको स्थानीय स्रोत साधन परिचालन भएको बताए । उनले शनिबार तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सवलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । नेपालमा छरिएर रहेको स्थानीय स्रोतको पहिचान गरी परिचालन नगरेसम्म देशको विकास सम्भव नहुने समेत बताए । पूर्व अध्यक्ष ढकालले कृषि, पशु पालन, स्थानीय स्तरमा निर्मित हस्तकला, स्वदेशी राडीपाखी, फर्निचर, साना तथा ठूला उद्योगहरु राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन सकिदैन तवसम्म तवसम्म देशको विकास सम्भव नहुने बताए ।

पूर्व अध्यक्ष ढकालले युवा शक्तिहरु बाध्यत्माक अबस्थाले गर्दा विदेशमा गएर देशको आर्थिक भार थामिरहे पनि त्यो देशको आर्थिक विकासको लागि पूर्ण नभएको बताए । उनले देशको अर्थतन्त्रको अधिकांश हिस्सा विदेशिएका युवाहरुको रेमिट्यान्सले धानेको भएपनि देश विकासको आर्थिक स्रोत नभएको बताए । पूर्व अध्यक्ष ढकालले पछिल्लो समय देशको आर्थिक विकासको लागि निजी क्षेत्रले स्थानीय निकायसंग समन्वय र सहभागिताबाट देश विकासमा सहयोग पुग्ने बताए । उनले देश विकासको लागि निजी क्षेत्रका उद्योगहरुलाई प्रोत्सहान तथा प्रवद्र्धन गर्ने खालको अवधारणपत्र समेत नेपाल सरकारलाई अबधारणा पत्र बुझाएको बताए ।

dsddddd
यस्तै महोत्सवको उद्घाटनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले अहिलेको समय अर्थतन्त्रको विकासको दिन भएकाले सबै राजनैतिक दलहरुले व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरे । उनले उद्योग धन्दाको विकासको लागि ट्रेड युनियनलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका संयोजक टंक दुलाल, नेपाली कांग्रेस उदयपुरका कार्यवहाक सभापती वृख बहादुर तामाङ, नेकपा एमालेका अध्यक्ष ईश्वरमणी राउत, एनेकपा माओवादीका अध्यक्ष अनिल अधिकारी, स्थानीय विकास अधिकारी पिताम्बर अधिकारी लगायतले शुभकामना दिएका थिए ।

महोत्सवको अध्यक्षता महोत्सव आयोजक समितिका संयोजक तथा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतको रहेको थियो भने संचालन संघका महासचिव चुडामणि कार्की र स्वागत संघका द्वितिय उपाध्यक्ष रमेश विश्वकर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया