आजबाट तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव शुरु

उदयपुर / ‘आर्थिक विकासको मूल आधार, सहअस्तित्व उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव २०७३, त्रियुगा आज शनिबारबाट शुरु हुँदैछ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन आज शनिबार १२ बजे गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ केन्द्रिय सदस्य चण्डिराज ढकालले गर्ने आयोजकले जनाएको छ । महोत्सवको रौनक यतिबेला गाईघाट बजारमा छाएको छ । स्थानीय तथा बाह्य व्यापारीहरुको चहलपहल महोत्सव स्थलमा शुरु भएको छ । अतिथि, बाह्य तथा आन्तरिक पर्यटकलाई लोभ्याउन स्वागत द्धार सज्जी सजाउ गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । राष्ट्रिय कलाकारहरुमा लोक दोहरी गायक बद्री पंगेनी, हास्य कलाकार सन्दिप क्षेत्रीको साथै गायकहरुमा सुगम पोखरेल, मिलन अमात्य, यम बुढा लगायतको उपस्थिति रहने महोत्सव आयोजक कमिटिका संयोजक गजेन्द्र कुमार भगतले बताए । यस्तै सुनसरी इटहरीका युनाइटेड थ्रटिन ग्रुपको नृत्य तथा हास्य व्यंग्य प्रस्तुती रहनुको साथै स्थानीयस्तरका कलाकारबाट दैनिक बेजोड प्रस्तुतीले आगन्तुकलाई भरपुर मनोरञ्जन गराईने आयोजकको दाबी रहेको छ । साथै जिल्ला भित्रका थारु, राई, नेवारी लगायतका आदिवासी जनजाति लगायत अन्य जातजातिहरुको भेषभूषा झल्कने साँंस्कृतिक झाँकी र नृत्यको समेत प्रदर्शन गरिने आयोजकले बताए ।

 mmm copy
व्यापारीहरुको एकताको आधारको रुपमा लिईएको महोत्समा पूर्व तथा विभिन्न स्थानबाट डेढ सय बढि स्टलहरु राखिसकिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि सामाग्री, बाँसको हस्तकाला तथा अटो मोवाईलस, खाद्यन्न, लत्ता कपडा लगायतको स्टल राखिने त्रियुगा उद्येग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए ।

साथै दैनिक रुपमा न्यूरो हस्पिटल विराटनगरका डाक्टरहरुबाट निःशुल्क चेक जाँच गरिने, बाल उद्यम (रमाइलो मेला) मनोरञ्जन र प्रत्येक दिन टिकट विक्री मध्ये गोलप्रथाबाट एक जनालाई मोवाइल उपहार प्रदान गरिने कार्यक्रम रहेको छ । महोत्सव अवलोकन गर्न उदयपुरको साथै छिमेकी जिल्लाहरु सिराह, सप्तरी, खोटाङ, भोजपुर, सुनसरी, मोरग लगायतबाट झण्डै दुई लाखले गर्ने आशा लिइएको संघका द्वितिय उपाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए । उनका अनुसार स्थानीय व्यापार प्रवद्र्धनको लागि आयोजना गरिएको महोत्समा करिव तीन करोड बढीको व्यापार गर्ने उद्देश्य राखिएको छ ।

Mahotsab copy
महोत्सवमा निजी क्षेत्रको दूरसञ्चार सेवा कम्पनी एनसेल मुख्य प्रायोजकको रुपमा रहेको छ भने सहप्रायोजकका रुपमा श्रीयम् मसला उद्योगले गरेको छ । महोत्सव जेष्ठ १० गतेसम्म सम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया