दन्दकालका बिस्थापति बैक पुर्नस्थापना नहुँदा सेवाग्राही छिमेकी जिल्ला धाउन बाध्य

तेह्रथुम / दन्दकालमा बिस्थापित भएको तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको कृषि बिकास बैकको उपशाखा पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्लामा बैकिङ कारोबार गर्न बाध्य भएका छन । तत्कालिन बिद्रोही पक्षमा रहेको मावबादीको दन्दकालमा बिस्थापित भएको कृषि बिकास बैक पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटाबाट बैकिङ कारोबरा गर्न बाध्य भएका हुन ।

जिल्लाको पश्चिमी गाबिसहरुको मुख्य केन्द्रको रुपमा रहेको छथर सुक्रबारे बजारमा बैक नहुँदा स्थानियबासीहरु पैदल तथा सवारी सधानबाट जोखिम पुर्ण रुपमा बैकिङ कारोबर गर्नु पर्ने बाध्यता रहेको उद्योण बाणिज्य संघ सुक्रबारेका अध्यक्ष भरत बस्नेतले बताउनु भयो ।

RSCN0628 copy

बैक पुनस्थापनाको लागी स्थानियबासीहरुले पटक पटक लिखित तथा हस्ताक्षर संकलन गरी जिल्ला कृषि बिकास बैक लगायत सरोकार वाला निकायमा माग गरे पनि पुर्नस्थापनाको सम्बधित निकायले चासो नदेखाएको दिल पाक्साँवाले बताउनु भयो । छथर क्षेत्रमै अहिले सम्म कुनै पनि बैक स्थापना नहँुदा ब्याबशायिक रुपमा ब्याबशाय सञ्चालन गर्न समेत कठिनाई भएको रहेको छ । बैक नहुँदा जिल्लाको हमरजुङ आङदिम पञ्चकन्या फाक्चामारा ओख्रे र सुदाप गाबिसका स्थानियबासीहरुलाई समस्या भएको हो ।

तपाईको प्रतिक्रिया