काठमाडौँ / आज सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । केही दिनदेखि घटेको सुनको मूल्य पुन बढेको हो ।
आज सोमबार छापावाल सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँ रहेको थियो। त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यसअघि तेजावी सुनको मूल्य ५८ हजार १ सय रुपैयाँ रहेको थियो। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७१५ रुपैयाँमा कारोबार भएको थियो।