पर्यटन क्षेत्रको विकास आवश्यक–मन्त्री पोखरेल

बुटवल / संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटीले आज यहाँ आयोजना गरेको प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको बुटवलमा उद्घाटन गर्दै उहाँले विकासको प्रमुख आधार पर्यटन क्षेत्र रहेको बताउँदै मन्त्री पोखरेलले अबको आर्थिक विकास गर्न पर्यटन प्रवद्र्वन गनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले लुम्बिनीको विकास गरी नेपाललाई विश्वका बौद्ध धर्मालम्बीहरुको केन्द्रको रुपमा विकास गरी पर्यटन प्रबद्र्धन गरिने बताउनुभयो । ग्रेटर लुम्बिनी विकास आयोजनालाई पूरा गरेर लुम्बिनीमा विश्वका शान्तिप्रेमीको ऐतिहासिक स्थल बनाइने मन्त्री पोखरेको भनाइ छ । मन्त्री पोखरेलले अब मुलुकमा राजनीतिक, र सांस्कृतिक क्रान्ति सम्पन्न भएकाले देशलाई अगाडि बढाउन आर्थिक विकास नै आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि सरकारले एक प्रदेश एउटा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउने योजना ल्याउन लागेको जानकारी दिनुभयो ।

aananda-pokharel
यसैबीच आजबाट सुरु भएको प्रथम सिपिएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ मा खनाल ब्रर्दश रुपन्देहीले विजयी सुरुवात गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा भएको पहिलो उद्घाटन खेलमा मदन भण्डारी स्पोट्स एकेडेमी नवलपरासीलाई ४–० ले हराउँदै खनाल ब्रदर्श विजयी भएको हो ।

खेलको २१ औँ मिनेटमा शिव श्रेष्ठको गोलमार्फत अग्रता बनाएको खनाल ब्रदर्शका लागि दुई गोल विदेशी खेलाडी भिक्टरले गरे । आजदेखि सुरु भएको प्रतियोगिता यही चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागीय तीन टिमसहित कुल १२ टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा विजेता टिमले रु तीन लाख तीन हजार ३१३ तथा उपविजेता टिमले रु एक लाख लाख ५५ हजार ५११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया