धरान सडक महोत्वसमा रु ५० लाख कारोबार

इटहरी, ११ फागुन । होटल एसोसियसन आफ धरानले घुम्न जाऊँ है धरान भन्ने नाराकासाथ सुरु गरेको १२ औँ धरान सडक महोत्सव रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार गर्दै सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष झै यो वर्ष पनि तीन दिने सडक महोत्सव आयोजना गरिएको थियो । आज सम्पन्न महोत्सवलाई कम्तीमा दुई लाख बढीले अवलोकन गरेको एसोसियसनका महासचिव श्याम पोख्रेलले जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले उद्घाटन गर्नुभएको महोत्वसमा ४२ वटा विभिन्न खाद्यान्न तथा अन्य स्थानीय उत्पादनका कक्ष राखिएका थिए । महोत्सव अवधिमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा प्रतियोगितासहित पुस्तक फोटो बहुमुल्य जडिबुटी जातीय भेषभूषालगायत कक्ष राखिएका थिए । रासस

तपाईको प्रतिक्रिया