धरान / आफ्नो समूहको वृत्ति विकासका लागि सधै सक्रिय धरान १४ विजयपुरको महिलाहरुको समूह दन्तकाली महिला सशक्तकरणले ५ दिने दीगो सीप मुलुक तालिम सम्पन्न गरेको छ । असार ५ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा विजयपुरका ३० जना महिलाको सहभागिता रहेको थियो । तालिममा गुडिया, टोपी, स्वीटर, भोला, कमलदानी लगायतका सामाग्री बनाउन सिकाइएको थियो ।
तालिममा प्रशिक्षकका रुपमा सरिता राई र अञ्जु पुलामी रहनु भएको थियो । महिलाहरुलाई व्यवसायिक बनाउदै आत्मनिर्भर बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले आयोजना गरेको तालिमलाई धरान उपमहानगरपालिका वडा नं. १४को वडा समितिले सहयोग गरेको थियो । पाच दिने तालिमपश्चात समापन कार्यक्रमको आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै दन्तकाली महिला सशक्तिकरणकी संस्थापक अध्यक्ष सीता पौडेलले विजयपुरका महिलालाई आत्मनिर्भर र उनीहरुको वृत्ति विकासमा सहयोग पुगोस भन्नका लागि २०५७ सालमा यो संस्था खोलिएको बताउनुभयो । यस्तै समापमान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका स्थानीय युवा नेता प्रताप भट्टराईले महिलाको शशक्तिकरणसंगै कानुनी कुराको विषयमा पनि महिलाले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभयो । उहाले महिलाको हकमा उल्लेख भएको संवैधानिक अधिकारका विषयमा जानेर बुझेर अगाडि बढ्नुपर्ने बेला आएको सुझाव दिनुभयो ।
यस्तै धरान १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले धरानका अन्य वडा भन्दा विजयपुरका महिलाहरु सक्रिय बनेको कुरा धेरै ठाउमा सुन्न पाएको बताउदै महिलाहरुको सक्रियताको कदर गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै दन्तकाली महिला शशक्तिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले लगानीको अभावमा धेरै कार्यक्रम गर्न नसकेको स्पष्ट पार्दै स्थानीय सरकारले महिला लक्षित कार्यक्रमलाई अझ बढाएर लानुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा प्रशिक्षणमा भाग लिएका महिलाहरुलाई प्रमुख अतिथि वडा अध्यक्ष कृष्णप्रसाद भट्राई, दन्तकाली सशक्तीकरणकी संस्थापन अध्यक्ष सीता पौडल, नेपाली कांग्रेसका स्थानीय युवा नेता प्रताप भट्टराई लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।