ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?


काठमाडौँ / आज बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।
यसअघि ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँ बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य बढेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार ७२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया