ह्वात्तै बढ्यो सुनको मूल्य, यस्ताे छ अाजकाे बजारभाउ हेर्नुहोस् ।

काठमाडौँ / दशैँ अगाडीबाटै उकालो लागेको सुनको मूल्य आज फेरी ह्वात्तै बढेको छ । हिजो प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेर प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्य ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मुल्य प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि चाँदी ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि २०६९ सालमा सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्य यसरी बढेको थिएन् ।

तपाईको प्रतिक्रिया

Loading…