जनकपुरधाममा बजार अनुगमन, अधिकांश हाेटलमा भेटीयाे अखाद्य सामग्री

जनकपुरधाम / राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा टोलीले जनकपुरधामको बजार अनुगमन क्रममा पाईएको अखाद्य सामग्री जफत गरेको छ। जनकपुरधाम बजार अनुगमनको क्रममा जनकपुरकै नाम चलेको हंसराज मिठाई पसल तथा रघुपति मिष्ठान भण्डारको अखाद्य मिठाई, घ्यू, तेल लगायतका पदार्थ नष्ट गरेको हाे ।

जनकपुरधामको हंसराज मिठाई पसलको कारखानामा किरा फलेको ईमली, नेपालमा प्रतिबन्धित सागर गोल्ट पाउडर दुध, हाईड्रो, रंग, फिटकिरी लगायतका सामग्रीहरु गुण प्रविधि तथा नियन्त्रण कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ।हंसराजको कारखानाभित्र लुकाई राखेको अवस्थामा सागरको गोल्ड प्याकेट पाउडर दुधका बोरा, हाईड्रोका प्याकेट, रंग, फिटकिरी, बदामका पिठो लगायतका सामग्रीहरु बरामद गरी नियन्त्रणमा लिईएको गुण प्रबिधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरिक्षक प्रबिण तिवारीले जानकारी दिए ।

यसैगरी जानकी मन्दिर स्थित रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसको घ्यू, मिठाई, प्रयोग गरिएको तेलका सामग्री साथै प्रयोग गरिएका तेलीय वस्तुहरु तत्काल नष्ट गरिएको थियो। ओम बेकरी एण्ड स्विटस् हाउसमा उत्पादित पाउरोटीमा एक दिन अगावैको तिथिमितिमा उत्पादन मिति राखि सिल प्याक गरि विक्रि वितरणका लागि तयारी अवस्थामा रहेकोलाई जफत गरिएको छ । साथै अबदेखि त्यस्तो गरेको पाइएमा कालोबजारी अन्तर्गत मुद्दा चलाईने जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन्। साथै रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसले संयुक्त रुपमा सञ्चालन गरेको कारखानाको दुध तथा दुधले बनेको पदार्थहरुमा अत्यधिक झिंगा, लामखुट्टे तथा माहुरी मरेको पाईएकोहरुलाई नष्ट गरिएको थियो ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…