हाट बजार ऐप्लिकेशन तयार, अब मोवाइलमै हटिया

इटहरी / कृषि उत्पादन खरिद बिक्री गर्ने सहज होस भनी हाट बजार एप नामक मोवाइल ऐप्लिकेशन तयार गरिएकाे छ । हजारौ किसानहरुले आफ्नो उत्पादनहरु हाट मा जसरी बेच्न राखेका हुनेछन् त्यसै गरि ग्राहक तथा विक्रेताले आफ्नो मूल्यमा सामानहरु मोल–मोलाई गरि खरिद–विक्री गर्न सक्नेगरि यश एप्लिकेसन तयार पारिएकाे हाट बजार एपका प्रवक्ता सुजल श्रेष्ठले जानकारी दिए ।

एपमा किन्ने र बेच्ने ई-बजार (हटिया)को रुपम विकास गरिएकाे उनले बताए । जस्ले सिधा कृषक र उपभोक्ता बिच सहज रुपमा खरिद बिक्री गर्न सहज होस भन्ने हाम्रो चाहाना रहेकाे उनकाे भनाइ रहेकाे छ ।

कुनै पनि इ-कमर्स ब्यबसाय नभएको हुदा यहाँ कृषक र उपभोक्ता सिधा रुपमा आफ्नो मोलमोलाई गरेर सामान खरिद बिक्री गर्न सक्नेछन्। श्रेष्ठले भने ‘ट्राभहिल डट कम प्रा लि मार्फ ल्याएको यो एपले यूवाहरु माझ ‘हामीले उत्पादनमात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ’ भन्ने विश्वास यूवामा पर्न गएमा स्वदेशमा नै रोजगार बढ्ने सम्भावना हुन्छ, भनेर हाललाई सामाजिक उत्तर दायीत्व प्रडक्टको रुपमा लिएको छौ।एन्ड्रोएड र आई ओ एस दुवै प्लेटफर्ममा उपलव्ध भएकोले निशुल्क डाउनलोड गरि चलाउन सकिने छ ।’

तपाईको प्रतिक्रिया