स्थानीय उत्पादनलाई बजार प्रबर्धन गर्न कोशेली घर

तेह्रथुम / जिल्लाको छथर गाउँपालिकाको केन्द्र सुक्रबारे बजारमा स्थानीय उत्पादनलाई बजार प्रर्बधन गर्ने उदेश्यका साथ कोशेली घरको स्थापना गरीएको छ । बिभीन्न पेशामा आबद्ध उद्यमीहरुले उत्पादन गरेका घरेलु सामाग्रीलाई बजार प्रर्बधनका निम्ती कोशेली घरको स्थापना गरीएको देउराली सोसाईटी तेह्रथुका निर्देशक कपिलदेब सिंघंकले बताउनु भयो ।

छथर गाउँपालिकाको सहयोग तथा सोसाईटीको सहजीकरणमा छथरको सुक्रबारे बजारमा कोशेली घरको स्थापना सँगै आज बिधीवत रुपमा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका प्रमुख सन्तोष तिगेलाले उद्धघाटन गर्नु भएको छ । ग्रामिण क्षेत्रमा रहेर ढाका बुनाई,सिलाई कटाई खुकुरी उत्पादक,दुघजन्य पदार्थबाट मिठाई उत्पादन तथा घरेलु सामाग्री उत्पादन गरी ब्याबशाय गर्दै आएका उद्यमीहरुलाई सहज बनाउनका साथै बजारीकरणमा टेवा दिन कोशेली घरको स्थापना गरीएको हो । छथरलाई समृद्ध र नमुनाको रुपमा बिकास गर्नेका निम्ती गाउँपालिकाले आफ्नो स्थानबाट सक्ने सहयोग गर्दै प्रमुख तिगेलाले प्रतिबद्धता जनाउनु भएको छ । स्थानीय स्थरमा उत्पादित सामाग्रीलाई प्रोत्साहनका निम्ती गाउँपालिकाले आगामी आर्थीक बर्षका बिशेष कार्यक्रम तयार पारेको तिगेलाको भनाइ छ । छथर क्षेत्रका उद्यमीहरुका निम्ती ५ बर्षे योजना निमार्ण गरी आगामी बर्षदेखी बिभीन्न कार्यक्रमहरु सञ्चालन गरीने भएको उहाँले बताउनु भयो ।

खेर गई रहेको बस्तुलाई प्रयोगमा ल्याई ब्याबशायको थालीनका साथैै उद्यमीहरु उत्पादन गरी रोजगारीको सिर्जना गर्नुले छथर क्षेत्रमा आर्थीक समृद्धीको पाटो रहेको बताएका छन । कोशेली घर स्थापनाले ग्रामिण क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाई ुबजार सम्म पुर्याउन राहात मिलृेको ब्याबशायी ईन्दिरा खड्काले बताउनु भयो । यहाँ उत्पादन भएका बस्तुहरु बजारको खोजीमा पुर्बको बिभीन्न शहरका साथै राजधानी सम्मु भौतारीन्दै आएका उद्यमीहरुलाई राहात मिल्ने भएको छ । प्रोपाईटर मन कुमारी लिम्बुले गाउँ गाउँमा उत्पादन भएका सामाग्रीहरु संकलन गर्नुको साथै बजार सम्म पुयाउने बताउनु भयो । ब्याबशायीहरुद्धारा उत्पादित बस्तुको मुल्यमा एकरुत्ता नहुँदा आफु खुशी बिक्री गदृै आएका उद्यमीहरुलाई मुल्यमा एकरुक्ता ल्याउँदै कोशेली घरमा सामाग्री संकलनका साथै बिक्री गरीने भएको सोसाईटीले जनाएको छ ।

गाउँ गाउँमा उत्पादन भएका सामाग्री संकलन तथा बिक्री गर्नका सहजताका लागी वडाहरुमा ब्यापारी उद्यमीहरु छनौट गरीएका छन । कोशेली घरलाई प्रभाबकारी तथा दिगो रुप दिनका निम्ती सोसाईटीले घुम्ती कोषमा रमक परिचालन गर्ने भएको छ । उद्यमीहरुले समय दिएर ब्याबशायिक रुपमा लाग्नु आबश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन । जिल्लाको पश्चिीम क्षेत्रमा रहेको उद्यमीहरु निर्बाहमुमी मात्र नभई ब्याबशायिता तर्फ उन्मुख हुन जरुरी रहेको छ । कोशेली घरमा स्थानीय स्तरमा उत्पादित ढाका बुनाईका सामाग्री,अकबरेका अचार,जुुस,मुढा,दालमोट,मह लगातय सजावटका सामाग्रीहरु संकलनका साथै बिक्री हुने भएको छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया