स्थानिय सरकारले नाताबाद हेर्यो कृषक हेरेन

पथरी / मोरङको पथरीशनिश्चरे ३ का कृषक भोला खरेलल “मानव स्वास्थ्य माटो र पर्यावरण जोगाउन रसायनिक मल विषादी मुक्त जैविक खेती गरौँ, स्थानीय जातलाई नश्ल सुधार गरी बाख्रा पालनमा आम्दानी बढाऔँ” भन्ने नाराका साथ अर्गा्निक खेतीगदै आएका छन । मोरङको पथरीशनिश्चरे ३ खरेलचोकमा रहेको गोठ कृषि फार्मले नगरकै पहिलो अर्गा्निक सागसब्जी उत्पादन गर्दै आएको हो । यदि नगरपालिकाले अर्गा्निक नगर बनाउन चहेमा १ वर्षमा पथरीशनिश्चरेलाई पुग्ने गरिको अर्गा्निक तरकारी उत्पादन गर्न सक्ने खरेलले बताउछन । तर नगरले अर्गा्निकलाई जोड नदिने र कृषि तालिमहरुमा नकल्ली कृषकहरु भत्ताका लागि जाने गरेकाले सरकारले त्याएको कृषी कार्यक्रमले केहि उपलब्धी नभएको खरेलको दावि छ । नगरले सही किसान चिन्न नसक्दा अहिले कृषक व्यवसायीहरु विदेशीन थालेका छन् उनि बताउछन ।

गोठ कृषि फार्मकै छेउमा आर के पी बंगुर फार्म थियो तर १ वर्ष देखि त्यो पनि बन्द भएको छ । बजारको ग्यारेन्टी नहुँदा, लगानीको सुरक्षितता नहुने जस्ता विविध कारणले फार्म बन्द गर्नुपरेको संचालक रामकाजी बस्नेतले बताए । सरकारले किसानको लगानीको सुरक्षितताको ग्यारेन्टि गर्न सकेमा नेपाल पूर्ण रुपमा कृषिमा आत्म निर्भर हुन सक्ने केही उदाहरणहरुले देखीएको बस्नेतको भनाई छ ।

नगरमा संचालनमा रहेको कृषिका लागि भनेर विभिन्न कार्यक्रम र अनुदान आए पनि त्यस्ता कार्यक्रममा वास्तविक किसानलाई सहभागि गराउन नगरले चासो नदिएको गोठ कृषि फर्मका सञ्चालक भोला प्रसाद खरेलले बताए । “सरकारले कृषक खोज्नु पर्नेमा कृषकले सरकार खोज्दै जानु पर्ने त्यसमा पनि पाटि र आफ्न्त हेदा हेर्दै सहि कृषकको पलै नआउने” खरेले बताए । खरेलले भने “अनुदान त कहा आउछ कहा जान्छ पतै हुदैन सरकारले बितरण गरेको आुदान खोज्ने हो भने अनुदान पाको भोलिपल्ट देखि नभेटिने बताए” । सरकारले वास्तविक किसानलाई अझैपनि चिन्न नसकेको खरेलको गुनासो छ । यतिबेला सरकारले कृषी क्षेत्रमा ठुलै लगानी गरेको छ । तर सरकारले कृषक भन्दा आफ्न्त नाताबाद र कृपाबाद हेरेकाले सरकारी बजेटको दुरुपयोग भएको कृषकले गुनासो गरेका छन ।

खरेलले तरकारी खेती संगै ८ लाखको लगानिमा बाख्रापालन र माछा पालन समेत सुरुगरेका छन । हाल गोठमा ३५ वटा बाख्रा रहेका छन् भने २ वटा पोखरी रहेका छन । फर्ममा १५ वटा खसी बोका छन् भने २० वटा चाँही माउ र पाठापाठी रहेका छन् । लोकल जातमा नश्ल सुधार गरेर पाल्दा बढि फाइदा हुने भएकाले बातावरण सुहाउदो अन्न पानी मिल्ने स्वदेशी जातका बाख्रा पाल्दै आएका छन । जस्ले तरकारीका लागि आवश्यक पर्ने मलका लागि आफै उत्पादन गर्ने र बिक्री समेत गर्ने गरेका छन । तरकारी बालीलाई अर्गा्निक बनाउनका लागि जैविक मलको प्रयोग, विषादीको सट्टामा किरा मार्नका लागि चरालाई चारो लगाइदिने र चराले तरकारीमा लाग्ने किरा फट्याङ्ग्रा पनि खाने गरेको खरेल बताउछन् ।

फर्मले पछिल्लो समय बोयर जातको बाख्रामा वढि मात्रामा फाइदा हुनेगरेको सुन्न पाइन्छ तर खरेलले भने उनले खरी र बोयर जातको मिश्रणबाट नश्ल सुधार गरेर बाख्रा पालिरहेको बताए । खरेलले भने “बाख्रामा चाँही नश्ल सुधार गर्नुपर्छ । बोयर जातको बाख्रा पाल्नका लागि सामान्य किसानले बाख्रा किन्ने सक्दैनन् अनि ठुलो लगानी गरेर बोयर भनेर ल्यायो फाइदा हुदैँन । हामीले थोरै पैसा हुनेले पाल्ने भनेको नश्ल सुधार गरेर हो फेरी हाम्रो नरा नै स्थानीय जातको चैँ सरक्षण गर्नु पनि छ ।”

गोठ कृषि फर्ममा बाख्रा, माछा, फर्सी, टमाटर, खुर्सानी, साग, धनिया, तोरी, लगायतका अन्य अगा्नीक तरकारी उत्पादन हुन्छ । लहरा नहुने जातको आलुको बोट जस्तो सानो पोथ्रा हुने झट्ट हेर्दा काक्राँ जस्तो देखिने लाम्चो खालको हरियो फर्सी छ । यो फर्सी गोठ कृषि फार्ममा ४ कठ्ठामा रहेको छ । यसको बीउ प्रति बियाँ ६ रुपैया सम्म पर्ने गरेको फार्म सञ्चालक खरेलले बताए । छोटो समयमै उत्पादनमा आउने बालि लगाउदा करिब १५ हजार खर्च भएकोे खरेलको भनाइ छ । यो फर्सीमा कुनैपनि प्रकारको विषादीको प्रयोग गरिएको छैन् । यो पूर्ण रुपमा अर्गा्निक उत्पादन भएको खरेलले बताए ।

३ कठ्ठामा टमाटर खेती गरेका रहेको छ । श्रीजना र सरिता जातको अर्गा्निक टमाटरको उत्पादन निकै राम्रो रहेको छ । यसको बोट अग्लो हुने, डोरिमा लहरा बनाउन सकिने र प्रत्येक हाँगामा झुप्पा लाग्ने गर्दछ । २ देखि ३ हप्तामा प्रयोग गर्न मिल्ने टमटर ३ कठ्ठाका लागि करिब २० हजार खर्च गरेको बताए । टमटर संगै अन्य बालि गर्न मिल्लने भएकाले एक सिजनमा टमाटरले पनि राम्रै नाफा दिने गरेको खरेको भनाई छ । टमाटरको बोट अग्लो हुने भएकाले यसको फेदमा अन्य साग, धनिया, तोरि, मुला लगायतका पोथ्रा बालि उत्पादन भएको छ । नामधारी खुर्सानी प्रति कठ्ठा ५ हजार खर्च हुन्छ यसले सिजन अनुसारको आम्दानी दिने गरेको छ । बजार भाउ राम्रै छ यसका अलवा भिन्डी, लौका, बैगुन लगाएतका तरकारीहरु पनि उत्पादन हुने गरेको छ ।

गोठ कृषि फार्ममा बाख्राको पिसाब, बड्कौँला सबै जम्मा गरेर मल बनाउने र कसैले खोजेमा सस्तो दरमा विक्रि गर्ने गरेका छन् । यसरी जम्मा गरेको मलमूत्रलाई जैविक विधिबाट सुद्धिकरण गर्ने र बोटविरुवाको अवस्था हेरेर पानीको मात्रा मिलाएर प्रयोग गर्ने गरेको खरेलले बताए । सामान्यतया बाख्राको मलमूत्रलाई जम्मा गरेर अमृत झोल तयार गर्ने गरेको खरेलको भनाइ छ । यसरी तयार भएको अमृत झोललाई प्रयोग गरेर उत्पादन गरिएको तरकारी लामो समय सम्म टिक्ने, स्वादिलो हुने, स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक रहेको खरेलले बताए । गोठ कृषि फार्ममा झापा देखिका किसानहरु पनि सिक्नका लागि आउने गरेको उनले बताए । वरीपरिका केही किसानहरुले पनि आफुसंग भएको आइडिया लिने र अर्गा्निक उत्पादनमा लाग्ने गरेको खरेलले बताए ।

सरकारी अनुदान शून्य

सरकारले किसानलाई अनुदान भनेर जतिसुकै कराएपनि वास्तविक किसानले नपाएकामा खरेलले आक्रोस पोखे । उनले भने “सरकारीअनुदान त कहाँ जान्छ कहाँ थाहा छैन् । हामीले यत्रो लगानी गरेर काम गरिरहेका छौँ, अनुदानका लागि पटक पटक जिल्ला कृषि देखि कहाँ कहाँ धाएनौँ तर पार लागेन । यहाँ त अनुदान खानका लागि फार्म दर्ता गरेर बसेको गिरोह नै छ उनिहरुलाई खोरमा बाख्रा हाल्नु पर्दैन फार्म दर्ता भए पुग्छ अनि आम किसानका नाममा गैर किसानले अनुदानको रकम पचाएका छन् । खै सरकारी निकाय के हेरेर अनुदान दिन्छ ? किसानको घरघरमा गएर फार्ममा गाइ बाख्रा छन् की छैन्न भनेर कहिले अनुगमन गरेर दिने गरेको पाइदैन । यहाँ त आफ्ना आसेपासेले फार्म दर्ता गरे मिलाएर खाए भइराखेको छ ।”

यसरी अर्गा्निक तरकारीबाली उत्पादन गरेर १ वर्षमा नगरलाई नै पु¥याउछु भनेर भनिरहदाँ सरकारी निकायले यसमा ध्यान दिनु जरुरी देखिएको छ । साँचिकै अनुदानमा गैर किसानले पाएका कुरा यसअघि पनि पटक पटक आएका छन् । साँचिकै किसानका लागि लगानी गर्ने वातावरण सरकारी निकाएको बन्नु पर्दछ । यस अघि पनि धेरैवटा फार्म बन्द भएका कुराहरु आएका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

बनको जग्गामा नेम्वाङको ट्रायल सेन्टर

कुटो कोदालीद्वारा ४ जना वडाध्यक्ष सम्मानित

काम विनै तलब खाने जनप्रतिनिधिको तलब फिर्ता गर्न माग

बेलबारीको बिच राजमार्गमा भेटियो बम, सडक आवागमन बन्द

प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

लायन्सद्धारा ह्विल चेयर वितरण

चौथो नगर फुटवलमा वडा नं. २ लाई पाखा लगाउदै १ सेमिफाईाल प्रबेश

पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

अनुप्रस्थ फागुन २३ मा पथरी आउदै

पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

तपाईको प्रतिक्रिया