सुन्दरहरैचा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७७ लाख


सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिकाको चौथो नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ ।

उक्त पारित भएको बजेटको योजनाहरु उपप्रमुख धनमाया तामाङले प्रस्तुत गरेकी थिइन । यस वर्ष सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ । नगरपालिकाले नेपाल सरकारबाट जारी स्थानिय तह सञ्चालित कोष प्रणालि सफ्टवेरबाट वार्षीक बजेट तथा कार्यक्रम , रेडबुक बिनियोजन ऐन समेत तयार गरी नगर सभामा पेश गरेको थियो ।

हाल सम्म नगर क्षेत्रमा विद्युत सेवाबाट बञ्चित भएका नगर बासीहरुलाई विधुत सेवा उपलब्ध गराइ नगरलाई अन्धकार मुक्त बनाउन बैकल्पिक उर्जा कार्यक्रम समेतको माध्यमबाट नगर प्रमुख सुन्दरहरैचा उज्यालो कार्यक्रम सञ्चालन गर्ने,कृषि क्षत्रको विकासको लागि कृषि पकेट क्षेत्र घोषण गर्ने,बिभिन्न कार्यक्रम सञ्चालन हुने साथै आर्ग्निक तरकारी खेतिलाइ विशेष प्राथमिक्त्ता दिइ प्रति बिगाह रु १ लाख समको अनुदानको व्यबस्था गराउने,निर्बाहमुखि कृषि प्रणालिलाइ व्यबसाइकरणा गर्नका लागी उन्नत बिउ बिजन, मलखाद कृषि सामाग्री औजारको व्यबस्थामा ५० देखि ८० प्रतिशत सम्म अनुदानको व्यबस्था गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…