सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घकाे निर्वाचन फागुन २२ मा हुने

सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घकाे नेतुत्व विशुद्ध व्यावसायीले पाउँनु पर्ने व्यापारीहरुकाे मत

सुन्दरहरैंचा / सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घकाे नेतुत्व चयन लाेकतान्त्रिक पद्धति अनुसार स्वच्छ तरिकाले चुनावकाे माध्यमबाट हुनु पर्ने साथै विशुद्ध व्यावसायी तथा राम्रो काम गर्नेले नेतुत्व पाउँनु पर्ने स्थानीय व्यापारीहरुकाे मत रहेको छ ।

लामो समय देखि स्थगित हुँदै विवादमा समेत आएको सङ्घको नेतृत्व अब चुनावी प्रक्रियाबाट अघि बढ्ने सहमती गर्दै सङ्घले निर्वाचन कार्य समय तालिका समेत सार्वजनिक गरेको छ । सङ्घमा निर्वाचन हैन गोलाप्रथाबाट नै नेतृत्व चयन गर्ने प्रयास केही दिन अघि भए पनि व्यापारीहरुकाे विरोध पश्चात् लाेकतान्त्रिक पद्धति अनुसार निर्वाचन बाट नै नेतृत्व चयन गर्ने सहमति भएको निर्वाचन समितिका सदस्य रामप्रसाद गजुरेलले जानकारी दिए ।

साथै केही दिन अघि उवासकाे नेतुत्वका लागि गाेला प्रर्थाबाट अध्यक्ष चयन गर्ने प्रयास गरेकाेमा अधिकाश व्यापारीले तेसलाई मान्यता नदिने बताउँदै आएका छन् । सुन्दरहरैंचा उवासकाे आधिकारिक भवन हुँदाहुदै एक पूर्व अध्यक्षकाे घरमा रातकाे समयमा केहि सिमित व्याक्तिहरु बसेर सर्वसाधारण व्यापारीहरुलाई केही आधिकारिक जानकारी समेत नदिई गरेकाे निर्णयले मान्यता नपाउँने साथै व्यापार सङ्घकाे नेतुत्वमा राम्रो काम गर्न सक्ने विशुद्ध व्यावसायी हुनु पर्ने स्थानीय व्यापारीहरुकाे मत समेत रहेको छ ।

विराटचाेकमा बसेर केही बर्ष देखि व्यापार व्यावसाय गदै आएका यादव अधिकारीले सामाजिक सञ्जालमा आफ्नाे विचार राख्ने क्रममा सुन्दरहरैंचा उवासकाे चाडै हुन लागेको चुनावका बारेमा चुनाव अगाडी नै गोला प्रथा प्रणालीबाट अध्यक्षको नाम टुंगो लागेको समाचार विभिन्न सन्चार माध्यममा पढ्न पाइयो । म एक ब्यापार सङ्घको सदस्य , के मेरो मतदान गर्ने अधिकार छैन ? के मैले व्यापारीको हितमा काम गर्ने अध्यक्ष चयन गर्न नपाउने ? प्रश्न धेरै छन् ? तसर्थ आम ब्यापारीको भाबनाको कदर गर्दै चाडो भन्दा चाडो निपक्क्ष चुनाव होस् । ताकी अब आउँने अध्यक्षले राजनीति होईन व्यापारीको हितमा काम गर्ने अबसर प्राप्त गरोस् भनी लेखेका छन् । उनकाे याे भनाइलाई धेरै व्यापार व्यावसायिले खुलेर लाइक तथा कमेन्ट गरि समर्थन गरेका छन् ।

सुन्दरहरैंचा उवासमा शुद्धीकरण समूह बनाएर कृष्णप्रसाद रिजालले अध्यक्ष पदकाे दाबी गरि खुलेर मतदाता सामु भाेट मागी रहेका छन् । उनी सुन्दरहरैंचा क्षेत्रमा लामाे समय देखि व्यापार व्यावसाय गरेर अरुलाइ राेजगारी समेत दिने विशुद्व व्यावसायिककाे रुपमा परिचित छन् । उनी पदकाे लाेभ भन्दा नेतुत्व समालेर राम्रो काम गर्ने साेचमा रहेको बताउँछन् । उवासकाे नव नेतुत्वमा अध्यक्ष पदकाे दावेदारका लागि नेकपा बाट टीका कट्टेलकाे नाम आएकाे छ । उनी पूर्व शिक्षक तथा सहकारीकर्मीकाे रुपमा बढी परिचित छन् । उनि सुन्दरहरैंचा उवासकाे चुनावी माहाेल तथा नेतुत्व समाल्नेमा अहिले अरु जस्तो बाहिरी रुपमा खुलेर प्रस्तुत भएका छैनन् ।

सङ्घले निर्वाचन प्रकृयालाई अघि बढाउदै मतदाता नामावली प्रकाशन गरेको छ भने मतदाता नामावलीमा दावी विरोध , अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने साथै फागुन १७ गते सबै उम्मेदवारले उम्मेदवार दर्ता गर्नेछन । फागुन १८ गते उम्मेदवार दर्ता भएको नामावलीमा दावी विरोध हुने कार्य तालिका सार्वजनिक गरिएको छ । तेसै गरि फागुन १९ गते उम्मेदवार फिर्ता लिने कार्य सुची छ भने फागुन १९ गते उम्मेदवारको अन्तिम नामावली सङ्घले सार्वजनिक गर्ने भएको छ ।सुन्दरहरैंचा उवासकाे निर्वाचन तथा मतगणना भने फागुन २२ गते हुने सङघले आफ्नाे सार्वजनिक सूचना मार्फत जानकारी गराएकाे छ ।

तपाईको प्रतिक्रिया