सुन्दरहरैंचा एक्स्पाेकाे तयारी तिब्र, हेलिकप्टरबाट पूर्वकाे विभिन्न ठाउँ अवलाेकन गर्न सकिने

सुन्दरहरैचा / सुन्दरदुलारी उधाेग वाणिज्य सङ्घकाे अायाेजमा फाल्गुण ४ देखि १२ गते सम्म गछीयामा हुने तेस्रो सुन्दरहरैचा एक्स्पाेकाे अावश्यक तयारी अहिले तिव्र रुपमा भै रहेकाे छ । कृषि, पर्यटन, उद्योग र व्यापार आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ एक्स्पाे सन्चालन हुन लागेकाे हाे । स्थानिय क्षेत्रको आर्थिक एवम् औद्योगिक विकासका साथै अावश्यक बस्तुहरुको प्रविधि एवम् बजार प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने उद्धेश्यले गर्न लागिएको प्रदर्शनीबाट औद्योगिक उत्पादन, कृषि, पशुपंक्षि एवम् पशुजन्य उत्पादनमा व्यवसायीकरण, सा‌ंस्कृतिक एवम् पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको एक्स्पाेका प्रमुख सल्लाहकार भाेलेश्वर दुलालले बताए ।

अटो मोबाइल्स, लुब्रीकेन्स , पार्टस कृषि ,होटल , बैंक तथा बितिय संस्था र अन्य गरी जम्मा १ सय ८५ वटा भन्दा माथि स्टलहरुकाे बुकिङ तथा महाेत्सवकाे तयारी हाल धमाधम भै रहेकाेले ति सबै स्टलहरुको ईन्सुरेन्सको व्यवस्था रहेकाे अायाेजकले बताएको छ । समग्र आर्थिक, सामाजिक विकासमा टेवा पुर्याउने र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस वाणिज्य संघले एक्स्पोबाट खर्च कटाई बचेको रकमबाट सिटि हल निर्माण तथा सार्वजनिक शौचालय निर्माणमा रकम खर्च गरीने याेजना रहेकाे एक्स्पाेका संयाेजक किशाेर कार्कीले बताए ।

फागुन ४ गते भव्य रुपमा उद्घघाटन गर्ने तयारी गरिएको महाेत्सवमा विशिष्ट व्यक्तिका साथै करिब ३ लाख दर्शकले अनुगमन गर्ने अपेक्षा राखिएकोले कलाकार रामकृष्ण ढकाल, प्रमोद खरेल, मन्त्र ब्याण्ड दार्जिलिङ, आस्था राउत, धुर्मुस सुन्तलि, राजन राज सिवाकोटी, मेलिना राई लगायतका राष्ट्रिय कलाकारहरुकाे समेत प्रस्तुती रहने एक्स्पाेका सहसंयाेजक नागेश पाेखरेलले जानकारी दिए । बालबालिकाहरुका लागि विभिन्न खेल सामाग्रीहरु रहने एक्स्पाेमा उट, हात्ती, घोडा, अस्ट्रिज, ईमो, भेडा, टर्कीज अवलोकन गर्ने समेत व्यवस्था गरिएकाेले ताप्लेजुङको पाथिभरा मन्दिर र पूर्वको विभिन्न ठाउँ अवलोकन गर्नका लागि हेलिकप्टरको समेत व्यवस्था रहेकाे एक्स्पाे अायाेजक समितिका सचिव जीवन ढुङगानाले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सेताे बङगला एकेडेमीकाे वार्षिकोत्सब सम्पन्न

तरकारी खेतीबाट लाखौं आम्दामी, स्वदेशी माटोमा सुन फलाउंदै मोहनलाल

सुन्दरहरैंचाको शुक्रबारेमा खेल मैदानको शुभारम्भ

पहिलाे पाहिलाकाे सम्मान तथा अन्तरक्रिया कार्यक्रममा १ सय १० बर्षिय नगरमाता सम्मानित

नरसिंह स्कुलको २७ औ अभिभावक दिवस सम्पन्न

विराटचाेककाे सिद्धेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा मनाईयाे (तस्विरहरू)

विराटचाेकमा सिद्धेश्वर महादेव मन्दिर गहनाकाे रुपमा परिचित, महाशिवरात्री पर्व भव्य रुपमा मनाईने

सुन्दरहरैचा एक्स्पाेमा जे देखियाे (५४ तस्विरहरू)

सुविजीमुरकाे खेलकुद सप्ताह शुरु

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने

तपाईको प्रतिक्रिया