सुन्दरहरैंचाकाे खाेर्सानेमा अक्सिजन फिट्नेश नेपाल , १ कराेडकाे लगानीमा जिमखाना आयो संचालनमा (३३ तस्विरहरू सहित)

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैचा स्थित खाेर्सानेचाेक उत्तर लाईनमा अक्सिजन फिटनेश नेपाल (जिमखाना) संचालनमा आएकाे छ । करिव १ कराेडकाे लगानीमा आकर्षक संरचनाका साथमा स्थानिय युवाहरुकाे जाेस जांगरबाट शारीरिक व्यायमका लागि उत्त जिमखाना संचालनमा आएकाे हाे ।पुरुष तथा महिला दुवैको सुविधाका लागि शारीरिक व्यायममा आवश्यक पर्ने सुविधा सम्पन्न समाग्रीका साथमा संचालनमा आएकाे साे जिमखानालाई स्थानिय व्यवसायी प्रेम श्रेष्ठ, पाेषण ढकाल, शिव श्रेष्ठ तथा निसिल लम्सालले संचालनमा ल्याएका हुन । उदघाटनकाे अवसरसंगै उत्त जिमखानामा १ सय २९ जानाले व्यायमका लागि बुकिङ समेत गरेको जसमा विशेष गरेर महिलाका लागि संगितबाट नाचगान गरिने जुम्बा व्यायममा २९ जानाकाे बुकिङ भएको संचालक तथा प्रशिक्षक समेत रहेका शिव श्रेष्ठले बताए ।

विशेष गरेर युवा वर्गकाे लागि लक्षित गरि संचालनमा ल्याएकाे अक्सिजन फिटनेसमा १५ देखि ५५ वर्ष उमेर समुहका मानिसकाे लागि उपयुक्त हुने संचालककाे भनाइ छ । विहान र वेलुकाकाे समयमा संचालन गरिने जीमखानामा ३ जाना प्रशिक्षककाे समेत व्यवस्था रहेकाेले अहिलेकाे युवा पुस्ताले खाेजे अनुसारकाे सुविधा उपलब्ध गराउंने संन्चालक मध्येका एक प्रेम श्रेष्ठले बताए । उनले शारीरिक र मानसिक रुपमा स्वास्थ्य र छरिताे वन्नकाे लागि अनुशासन, एकता ,चिनजान र मैत्रीभावकाे विकास अनि व्यवसायकाे लागि समेत जिमखाना संचालनमा ल्याएकाे श्रेष्ठले जानकारी दिए ।

उदघाटनकाे अवसर संगै केहि दिनका लागि विशेष छुटकाे व्यवस्था समेत रहेकाे उत्त जिमखानामा उच्च स्तरीय समाग्रीका साथमा शुलभ दरले कसरत सिकाउने व्यवस्था रहेकाे संचालक मध्येका एक निसिल लम्सालले बताए । उनले यस व्यवसायलाई अझै व्यवस्थित बनाएर आकर्षक सुविधाकाे थप विकास गरि स्वदेशमै अघि बढ्ने अाफ्नाे टिमकाे सकारात्मक याेजना रहेकाे उल्लेख गरे ।

स्थानिय क्षेत्रमा खुलेकाे उत्त जिमखाना संचालनकाे अवसरमा उत्साहित रुपले अवलाेकन गरि हेर्न आउने र व्यायम गर्न इच्छुक हुने सबै उमेर समुहका मानिसहरुकाे सहभागिता बढेकाे संचालकाे भनाइ छ । अनुशासनकाे पालना गरेर समय तालिका अनुसार सहि किसिमले जिम गर्दा शरिरमा सकारात्मक परिवर्तन आउने संचालक मध्येका एक पाेषण ढकालले बताए । उनले शारीरिक व्यायमका साथै खानेकुराकाे पाेषण तत्व र सरसफाइमा समेत ध्यान दिन सके राम्रो हुने भएकोले सहि किसिमले जिम गर्दा कुनै पनि हानी नाेक्सानी नहुने उल्लेख गरे । उत्तरी माेरङकाे सुन्दरहरैचा अासपासमा शारीरिक रुपमा स्वास्थ्य , आकर्षक र सुन्दर बन्नकाे लागि विशेष गरेर युवा वर्गले रुचाएकाे जिमखानाकाे अभाव भएको वेला यस अक्सिजन फिटनेसले अावश्यकता पूरा गर्ने स्थानियहरुकाे भनाइ छ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

इन्द्रपुर जुनियर जेसिजमा प्राञ्जल

पूर्वाञ्चल विश्वविद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न

सुकुना क्याम्पसद्वारा कक्षा ११ र १२ को पाठ्यक्रमको प्रवोधीकरण कार्यक्रम सम्पन्न

धानको कुन्युमा आगो लाग्दा ५० मन धान डडेर नस्ट

मुख्यमन्त्री राईद्वारा सार्वजनिक शाैचालय तथा पुस्तकालयकाे समुद्घाटन

यस्ताे छ मोरङको सुन्दरहरैचामा निर्माण सम्पन्न भएकाे प्रदेश नं. १ कै नमुना शाैचालय ( तस्विरहरू सहित)

सुन्दरहरैंचा उद्योग वाणिज्य संघमा बढ्याे चुनावी सरगर्मी: यी हुन् अध्यक्ष पदका आकाक्षी

आज विश्वकर्मा पूजा, किन र कसरी गर्ने ? हेर्नुहोस् (विधिसहित)

ड्रागन फ्रुट खेतीमा रमाउँदै सुन्दरहरैंचाका रेणुप्रसाद

सुन्दरहरैंचामा जेष्ठ नागरिक भवनमा अनियमितता छानविन गर्न बन्यो छानविन समिती

तपाईको प्रतिक्रिया