सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं / सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५०० कायम रहेको सुनको मूल्य सोमबार ५०० बढेको हो ।

पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपनि केही दिन यता भने बढ्ने क्रम जारी छ । सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading…