सुनको भाउ तोलामा थप तीन सयले बृद्धि

काठमाडौं, भदौ २० / केही दिनदेखि नेपाली बजारमा सुनको भाउ बृद्धि भइरहेको छ । आज सुन ताेलामा थप तीन सय रुपैया बृद्धि हुँदै ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…