सुजुकीको डिजायर आकर्षक अवतारमा

काठमाडौं, साउन ३१ । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको कम्पनीले जनाएको छ । नयाँ प्लेटफर्मले कारको वजनमा कमी ल्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षा प्रदानगर्ने कम्पनीको दाबी छ ।

नयाँ कारमा प्रयोग गरिएको बाह्य तथा भित्री डिजाइन पछिल्लो संस्करणका तुलनामा थप स्टाइलिस छ । कम्पनीले पछिल्लो संस्करणको तुलनामा नयाँ कार अधिक स्पेसियस हुनुका साथै बुट स्पेस पनि धेरै हुने बताएको छ । नयाँ कारमा किलेस एन्ट्री, डिआरएल, रियर भेन्ट सहितको अटोएसी, डायमन्ड कट अलोइज् तथा स्टेट अफ आर्ट इन्फोटेनमेन्ट प्रणालीलगायत अत्याधुनिक सुविधा तथा प्रविधि समेत जडान गरिएको छ । यसमा प्रयोग गरिएको इन्फोटेनमेण्ट प्रणालीमा दिइएको एन्ड्रोइड अटो सुविधा भारतमा निर्मित कारमै पहिलो भएको कम्पनीको दाबी छ ।

त्यस्तै ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनि उपलब्ध रहेको छ । कारमा यात्रुको सुविधार्थ डुअल एयर ब्याग्स तथा कारका सबै भ्यारियन्टमा झैँ स्ट्यान्डर्ड सेफ्टी फिचरका रुपमा एबीएस पनि उपलब्ध गरिएको छ । नयाँ कारमा परीक्षणमा पूर्ण सफल के १२ इन्जिनको प्रयोग गरिएको छ । २२ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…