सीजी मोटोकोर्पद्वारा ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ ।

१८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पु¥याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक, श्री सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कार्यकारी निर्देशक, करण चौधरीले  “देशको अटोमोटिभ क्षेत्रमा अाफ्नाे कम्पनि अग्रस्थानमा रहेकाे र सडक शुरक्षामा अाफुहरूकाे पनि उत्तिकै जिम्मेवारी रहेकाे बताए ।

तपाईको प्रतिक्रिया