सामसङ्गको नयाँ एयर प्युरिफायरको साथ लिनुहोस् स्वच्छ सास

काठमाडौं। इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले हालै AX3000 एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ। सामसङको AX3000 एयर प्युरिफायरले शीघ्ररुपमा कोठाको हावालाई स्वच्छ बनाउदछ। यसमा भएको पि एम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छवातावरण सिर्जना गराउदछ।

AX3000 सामसङ प्युरिफायर कोठाको जस्तोसुकै प्रदुषित हावालाई स्वच्छ पारी प्रभावकारी रुपमा कार्य गर्दछ। नेपाली बजारमा उपलब्ध AX3000 एयर प्युरिफायरको मूल्य रु. २२४९० रहेको छ। AX3000 ले उच्च रुपमा हावालाई स्वच्छ पार्न सक्दछ। ३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको छ।  यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले  ९९ प्रतिशसम्म प्रदुषण रहित पार्न सक्दछ। यसमा आउट अद्वितीय फिल्टरहरु  जस्तैः प्रि फिल्टर, डियोडराइजेशन फिल्टर र फि एम २.५ फिल्टर रहको छ।

विभिन्न कलरको साथ यसमा डिजिटल डिस्प्ले रहेको छ। यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्दछ। यसको सेन्सरले पि.एम २.५ को तहलाई  न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ।

सामसङ एयर प्युरिफायर AX3000, नेपाल अधिराज्यभरका सामसङका डिजिटल प्लाजा तथा निश्चित आधिकारिक सामसङ डिलरहरु मार्फत सहजै खरिद गर्न सकिन्छ।

Purbeli TV

तपाईको प्रतिक्रिया