सामसङको फोरजी किन्नेलाई होम अप्लाइन्स उपहार !

काठमाडौं । सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै ‘उत्सवको उमंग सामसङसँग परिवार दङ्ग’ योजना प्रस्तुत गरेको छ । योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु उपहार पाइनेछ ।

भाग्यशाली बिजेता भाद्र २२ गते देखि आश्विन १० गते सम्म र आश्विन १८ गते देखि कार्तिक १ गते सम्म ३५ दिन लगातार छनौट गरिनेछ । यसरी दैनिक एकजनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसाङ होम अप्लाइन्सहरु पाउनेछन् । उपहार अप्लाइन्सेजमा ४० इन्चको स्मार्ट टिभी, डबल डोर रेफ्रिजेनेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड बासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहनेछन् ।

 

योजनामा सहभागी बन्नको लागि मोबाइलको मेसेजमा गई SAMSUNG टाइप गरी स्पेस दिई नयाँ फोरजी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र सामसङको आधिकारिक फेसबुक पेजबाट गरिनेछ । योजना कार्तिक १ गते सम्मलागू हुनेछ ।

 

तपाईको प्रतिक्रिया

Loading…