साताको पहिलो दिन आइतबार घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यल्यमा सामान्य कमी आएको छ । साताको अन्तिम दिन गत शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ३०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ६०० रुपैंया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भइरहेको छ । सुनको मूल्यमा सामान्य कमी आएको भए पनि आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा आज आइतबार चाँदी प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया