सव स्टेसनमा क्षति पुग्दा इटहरीकाे बिद्युत आपुर्तिमा समस्या

इटहरी / सव स्टेसनमा क्षति पुग्दा इटहरीकाे बिद्युत आपुर्तिमा समस्या आएको छ । केहि दिन यता चलेको हावा हुरी र चट्याङ सहितको वर्षाका कारण प्राधिकरणबाट बितरण हुने केहि फिडहरूमा बढी समस्या देखिएकोले बिद्युत आपुर्तिमा समस्या भैरहेको प्राधिकरणको शाखा इटहरीले जनाएको छ ।

प्राधिकरण अन्तरगत इटहरी क्षेत्रमा रहेको गैसार , तरहरा , खनार आसपासका फिडमा अवरोध भइरहेकोले तत्काल बिद्युत आपुर्तिमा समस्या भएको र तत्काल नियमित सेवा सुचारू गर्न पनि समस्या भइरहेको प्राधिकरणको शाखा इटहरीले जनाएको छ । प्राधिकरणले सबस्टेसनहरूमा निरन्तर काम भइरहेकोले केहि समय पछि पुनः नियमित बिद्युत सुचारू हुने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया