सरकारी कार्यालयमा महिन्द्राका विद्युतीय गाडी

अग्नि इनर्जी प्रा.लि. ले नेपाली बजारमा विगत ५ वर्षदेखि विद्युतीय कारहरु प्रस्तुत गर्दै आएको छ । महिन्द्राका गाडी अब सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले प्रयोग गर्ने भएको छ । अग्नि इनर्जीद्धारा नेपाल विद्युत प्राधिकरणका राजीव शर्मा (उप प्रबन्ध निर्देशक) तथा श्री गोपाल कुमार लोहिया (निर्देशक)लाई महिन्द्राको भ्द्दय एगिक उड मोडेल को गाडी हस्तान्तरण गरिएको थियो । हरियाली तथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडिहरुलाई प्रतिस्थापित गरी सरकारी क्षेत्रबाट महिन्द्रा विद्युतीय गाडिहरुको प्रयोग गर्ने नेपाल विद्युत प्राधिकरण पहिलो भएको छ ।

महिन्द्राका गाडीहरु गैर सरकारी संस्थाहरुमा पनि विशेष रोजाइमा पर्दछन् । नेपालमा हालसम्म ४० भन्दा बढी भद्दय गाडी गैर सरकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् । यसलाई एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्छ । महिन्द्रा इलेक्ट्रोनिक्सद्वारा सञ्चालित अत्याधुनिक electric drivetrain technology प्रविधि यसमा प्रयोग भएको कम्पनिले जनाएकाे छ ।

सरकारी क्षेत्रबाट विद्युतीय गाडीको प्रयोग गरिनुले डिजेल र पेट्रोलबाट हुने वायु प्रदुषणले देशमा पु¥याएको वातावरणीय असरलाई केही हदसम्म सहयोग पुग्ने छ । अब केवल सडक करमात्र छुट दिएर नभई सरकारी क्षेत्रबाट नै विद्युतीय गाडीहरुमा अन्य कार्यहरुको प्राविधिक सहयोग गर्न विशेष पहल गर्नु पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया