‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’सम्बन्धी भारतमा प्रशिक्षण सुरु

काठमाडौं । नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम भारतको फरीदाबादस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नारकोटिक्समा भारतमा सञ्चालन भएकाे छ । प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको जनाइएको छ ।

नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालित उक्त कार्यक्रम अन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइने जनाइएको छ । प्रशिक्षणमा दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई एनएसीआईएनमा अक्टोबर र डिसेम्बरमा दिइनेछ । यस पछिल्लो पहलकदमी अन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइएकाे हाे । यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । सम्पत्ति शुिद्धकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा ल्ब्ऋक्ष्ल् भारत सरकारको शीर्ष प्रशिक्षण संस्था हो ।

तपाईको प्रतिक्रिया

Loading…