व्यापार बढेपनि असुरक्षित बन्दै सीमा क्षेत्रका स्थानीय

 इनरुवा । सुनसरीको बिशेष गरेर दक्षिणवर्ती नाका सुनसरी प्रहरीको लागि ठूलो टाउको दुखाईकाे बिषय बन्दै गएको छ । भारतसँगको खुल्ला सीमानाका कारण पछिल्लो समयमा लागूऔषध काराेबार नियन्त्रण प्रहरीको लागि टाउको दुखाईको विषय बनेकाे हो । पछिल्लो केहि महिनायता सुनसरीमा खुल्ला सीमानाको फाईदा उठाएर लागूऔषध र गाँजाको कारोवार बढदै गएकोले यस्ता कारोवार रोक्नका लागि सुनसरी प्रहरीलाई चुनौति बढेको गएको देखिएकाे छ ।

भारतको बिहार सरकारले सो राज्यमा मदिरा बिक्री वितरण र सेवनामा रोक लगाएपछि त्यहाका नागरिकहरु मदिरा सेवन गर्न नेपाल आउने गरेका छन । सुनसरीको सीमावर्ती क्षेत्रहरुमा केहि महिनायता प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेपछि ठूलो परिणाममा लागू औषध र गाँजाको कारोवारी पक्राउ पर्न थालेका छन ।  खुल्ला सीमाको फाईदा उठाएर सुनसरीमा यस्ता कारोवार भईरहेको पाइएको हो ।

सीमावर्ती क्षेत्र भाण्टावारीको नाका प्रयोग गरी दिनहुँ दर्जनो नेपाली युवाहरु भारती बजारहरुमा गएर लागू औषधको सेवन गर्ने र लागू औषधको कारोबार गर्ने गरेको स्थानीयहरु बताउँछन । भाण्टावारीका स्थानीयहरुका अनुसार लागू औषधको सेवन गर्न भारती बजारहरुमा जानेहरुमा १५ देखि ३५ वर्ष सम्मको युवाहरुको संख्या अत्याधिक रहेको छ ।

 पछिल्लो केहि समय यता सुनसरीको सीमावर्ती क्षेत्र भाण्टावारीको नाका प्रयोग गरी लागू औषधकर्ताको संख्या बढेकोले भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा थप कडाई गरेको हो । सुुनसरी प्रहरीले रातकाे समयमा रक्सीको कारोवार रोक्न सीमा क्षेत्रका पसल संचालकहरुलाई पटक पटक आग्रह गरिएपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका पसह संचालकहरुले रक्सीको कारोवार गर्दै आएका छन । सीमा क्षेत्रका स्थानीयबासीले अवैध रुपमा हुदै आएको रक्सीको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा मजबुुत गर्न सुुनसरी प्रहरीसँग माँग गरेका छन ।

तपाईको प्रतिक्रिया