वुमन वियोन्ड बाउन्ड्रीज साहासिक यात्रा दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म

काठमाडौं / वुमन वियोन्ड बाउन्ड्रीज साहासिक यात्रा दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म पुगी पुन सोही स्थानमा पुगीयात्रा पुरा हुने छ । यसको लागि महिन्द्राले सातवटा स्कोर्पियो, एक गेटवेर एक थार गाडीहरु प्रदान गर्ने छ । १३ दिनसम्मको यस यात्रा ७ अप्रिलमा प्रारम्भ भएको थियो र १९ अप्रिलमा सुसम्पन्न हुने छ । करिव २० जना सहभागी हुने यस यात्रा २९५० किलोमिटर दुरी पूरा गरी सम्पन्न हुने छ । यो यात्रा समुद्र सतहबाट शुरु भई ४००० मिटरको उचाइसम्म पुग्ने छ ।

वुमन वियोन्ड बाउन्ड्रीज एक भोरल्याण्ड जर्नी हो । यसले महिलाहरुको गतिशीलतालाई आत्मसाथ गर्दै ग्रामीण महिलाहरुको सशक्तीकरणको लागि विशेष महत्व राख्ने छ । यो एक्स्पिडिसन आफैमा अद्वितीय अवधारणा हो जसले महिन्द्रा गाडीको कठिन एवं डि एन एलाई प्रदर्शित गर्नेछ र सहभागीहरुलाई धेरै भन्दा धेरै रोमान्च प्रदान गर्ने छ र साहसिक यात्राले नयाँ उचाइलाई जगाइदिने छ ।

तपाईको प्रतिक्रिया