वीरगञ्जमा महिन्द्रा गाडीको लागि प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर तथा स्पेयर पार्ट्स बिक्री केन्द्रको स्थापना

काठमाडौं / अग्नि ग्रुपले वीरगञ्जमा पि डि आई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक श्री अर्जुन प्रसाद शर्माले केन्द्रको सामुहिक रुपमा समुद्घाटन गर्नुभएको हाे ।

पि डि आई सेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले “महिन्द्रा गाडीप्रतिको आम विश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको कुरा” बताउनु भयो भने अर्जुन प्रसाद शर्माले “ग्राहक समक्ष गाडी पु¥याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्ने कुरा” उल्लेख गर्नुभयो ।

यस सेन्टरबाट गुणस्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्त हुनुका साथ साथै गाडीका सम्पूर्ण अवस्थाहरु जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिन आयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने, आदि कार्यहरु हुने छन् । साथै स्पेयर पार्ट आउटलेटबाट यस क्षेत्र तथा वरिपरिका ग्राहकहरुलाई महिन्द्राको गुणस्तरीय पार्टपूर्जाहरु सहज रुपमा उपलब्ध हुने विश्वास लिइएको छ । साथै आगामी दिनमा कम्पनीले वर्क शपको स्थापना गरी ग्राहक वर्गमा सहज सेवा प्रदान गर्ने कम्पनिले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया