विष्णुपुर गाउँपालिकाको बजेट बीस करोड

लहान । सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २० करोड ४९ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाले अगामी आवका लागि अनुदानबापतको रु चार करोड ५९ लाख ७० हजार, वित्तीय सामानीकरणबाट प्राप्त अनुदान रु ११ करोड ९५ लाख ९४ हजार, गत आवको मौज्दात रु ६४ लाख ४३ हजार, आन्तरिक स्रोतको अनुमानित रु एक करोड २० हजार र सामाजिक सुरक्षातर्फको रु दुई करोड २९ लाख छ हजार बजेट सार्वजनिक गरेको सो गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो ।

चालू खर्चतर्फ रु दुई करोड ३० लाख, पूँजीगततर्फ विभिन्न विषयगत क्षेत्रमा शिक्षातर्फ रु तीन करोड २५ लाख ९३ हजार, स्वास्थ्यतर्फ रु १६ लाख ३६ हजार, औषधि खरिदतर्फ रु १० लाख, कृषितर्फ रु ३२ लाख, पशु स्वास्थ्यतर्फ रु ११ लाख ६८ हजार, खानेपानीतर्फ रु सात लाख ५० हजार, अन्य पूँजीगत पूर्वाधार निर्माणअन्तर्गत वडा कार्यालयतर्फ रु पाँच करोड ३० लाख, अन्य सामाजिक सुरक्षा तथा बालपोषणतर्फ रु दुई करोड २९ लाख छ हजार तथा गाउँपालिका भवन निर्माण मेसिनरी खरिदलगायत अन्य पूँजीगत निर्माणतर्फ रु पाँच करोड ५६ लाख ८० हजार विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया