विश्वकप २०१८ को अवसरमा सामसङकाे ‘फिल द गेम’ योजना

काठमाडौं / सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसरमा ‘फिल द गेम’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत सामसङ टिभीको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । रसियामा हुनगइरहेको विश्वकप फुटबललाई प्रत्यक्ष हेर्ने भनेको टिभीमा नै हो र यस अवसरमा ग्राहकहरुलाई विशेष छुट सहित अन्य अफरहरु पनि प्रस्तुत गरेको छ ।

सामसङका SUHD TV, Curved TV, UHD TV, Smart TV, Non Smart TV, FHD, HD TV का विभिन्न मोडेलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको छ । यसका अतिरिक्त सम्पूर्ण टेलिभिजनहरुमा २ वर्षको फुल वारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफर सामसङ डिजिटल प्लाजाहरुबाट प्रस्तुत गरेको छ । इएमआई सुविधाको लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटहरुमा गई खरिद गर्नु पर्ने छ । यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरेसम्म नेपाल अधिराज्यभर लागू गरिएको छ ।

टिभी खरिदमा प्रदान गरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स, बयोधा अस्पताल, केजिएच ग्रुप जस्ता अन्य विभिन्न प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य गरी ती कम्पनीले प्रदान गर्ने सेवामा छुटको लागि गिफ्ट भौचरको व्यवस्था पनि मिलाएको छ ।

साथै उल्लेखित टिभीहरुको खरिदमा ग्राहकलाई विशेष कुपन प्रदान गरिने छ र प्राप्त हुने कुपनलाई लक्की ड्रमा समावेश गरिने छ । लक्की ड्र मार्फत प्रथम हुने विजेताले टर्किस एयरको राउन्ट ट्रिप, तथा अन्य विजेताहरुले क्रमशः सामसङको फाइभ इन वन रेफ्रिजेरेटर, ग्यालेक्सी एस नाइन स्मार्टफोन, ग्यालेक्सी एस सिक्स प्लस, ग्यालेक्सी सेभेन डुयस जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुन ग्राहकले टिभी खरिद गर्दा प्राप्त हुने कुपनलाई सुरक्षित राख्नु पर्दछ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungnepalofficial मा योजना समाप्त भएपछि गराइने छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लिमिटेड विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया