विराटचोकमा प्रिमियर इन्स्योरेन्सको शाखा विस्तार


सुन्दरहँरैचा / सुन्दरहँरैचाकाे विराटचोकमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. सञ्चालनमा आएको छ । ४४औँ शाखाको रुपमा सञ्चालनमा आएको इन्स्योरेन्सको एक कार्यक्रमका बीच विधिवत् रुपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि उद्योगपति तथा समाजसेवी भोलेश्वर दुलालले रिबन काटेर इन्स्योरेन्स कम्पनीको शाखा उद्घाटन गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै इन्स्योरेन्स कम्पनीहरुले सेवाग्राहीहरुको पीर मर्का बुझेर छिटो छरितो तथा पारदर्शी रुपमा सेवा सुविधा विस्तार गरेर अघि बढ्न आवश्यक भएको बताए ।

कार्यक्रममा कोशीहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईँ, प्रिमियर इन्स्योरेन्सका दीपेन्द्रराज गौतम, थमन बस्नेत तथा सन्तोष उप्रेती लगायतले बोलेका थिए । २५औँ वर्षमा प्रवेश गरेको उक्त इन्स्योरेन्सले धनकुटामा शाखा विस्तार गरेसँगै राजविराजमा पनि शाखा विस्तार गरेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

कोसीहरैंचा उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न

विराटचोकमा नेपाल बैंकको शाखा

जनता मा.वि. लाई ४ लाखको कम्प्युटर हस्तान्तरण

सगरमाथालाई सुन्दरहरैंचा फुटबल प्रतियोगिताको उपाधि

गीत संगीत तथा गजलमा अघि बढ्दै राज

सामुदायिक वनद्धारा गरिव तथा विपन्नलाई खाट वितरण

सुन्दरहरैँचा बजार अनुगमन : भेटियाे सडेगलेको मासु

बडादशैंको अवसर सँगै सुन्दरहरैंचामा सामूहिक दुर्गापूजा

विद्यालय पढ्ने अशक्त बालबालिकालाई टेलिभिजन

यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

तपाईको प्रतिक्रिया