विराटचोकमा टिभिएसको शोरूम उदघाटन

मोरङ / विराटचोकमा व्यवसायिक कारोबारका लागि टिभीएस कम्पनीको वाइक तथा स्कुटरको शाखा शोरुम मनकामना अटोको भव्य रुपमा मोटरसाईक –यालीका साथमा उद्घाटन भै संचालनमा आएको छ । जगदम्बा मोर्टस प्रा.ली.को आधिकारीक बिक्रेताको रुपमा रहेको शोरुमले टिभीएस् कम्पनीको सम्पुर्ण मोडलका वाईक तथा स्कुटरको बिक्री वितरणका लागि आफ्नो कारोबार लाई अघि बढाएको छ । विराटचोक बजारकोे पश्चिम लाइनमा संचालनमा आएको मनकामना अटोले राम्रो लगानी गरी टिभीएस कम्पनीको वाईक तथा स्कुटर खरिद विक्रीका साथै पार्टपुर्जा ,सर्भिस,मर्मत, एक्चेज लगायतका सुविधाको समेत विस्तार गरेको छ ।

विभिन्न मोडल तथा कलरमा उपलब्ध रहेको टिभीएसको वाईक तथा स्कुटरको शाखा शोरुमको उद्घाटन सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख शिवप्रसाद ढकालले गरेका थिए । उनले उद्घाटन समारोहको सम्बोधन गदै सुन्दरहरैंचाको व्यापारिक तथा बन्धनिसेधित क्षेत्र विराटचोकमा जगदम्बा कम्पनीको मनकामना अटो संन्चालनमा आएकोमा खुसीको कुरा भएको बताउँदै विभिन्न सेवा सुविधा विस्तारको साथमा व्यापार व्यवसायमा ग्राहकहरुलाई गर्ने व्यवहार समेत सकारात्मक हुनु पर्ने जरुरी रहेको बताए ।

विगत २० बर्ष देखी नेपाली बजारमा टिभीएस् कम्पनीले कारोवार गदै आएकोमा जगदम्बाले ३ बर्षदेखी स्वदेशमा आफ्नो कारोवारलाई अघि बढाएकोले १७ वटा मोडल मध्ये वाईकमा १२ तथा स्कुटरमा ५ मोडल रहेकोले मोरङको विराटचोकमा ८१ औं शाखाको रुपमा संन्चालन गदै आफ्नो व्यापार व्यवसायलाई सफलता तर्फ अघि बढाएको कम्पनीका सहायक प्रबन्ध निर्देशक दिपककुमार अग्रवलले बताए ।

टिभीएसको शाखा शोरुम उद्घाटन समारोहमा स्थानिय व्यवसायी तथा मनकामना अटोका संन्चालक खेमराज दाहाल, गोविन्दप्रसाद अधिकारी , टिभीएस कम्पनीका बिक्री विभाग अन्र्तगत विटीएल प्रमुख सुसील पोडेल ,टिभीएस कम्पनीका मेनेजर मोहन उप्रेती, कोसीहरैंचा उवासका अध्यक्ष नवराज चापागाई , समाजसेवी ललितबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

विराटचोकमा टिभिएसको शोरूम उदघाटन

सुन्दरहरैंचामा हात्ती आतङ्क (तस्विर सहित)

विराटचोकमा मनकामना अटो संन्चालनमा

विराटचोकमा स्रष्टा सम्मान तथा साङ्गीतिक कार्यक्रम हुने

सुन्दरहरैंचा खुल्ला दिसामुक्त, पूर्णखोप सुनिश्चितता तथा साक्षर नगरपालिका घोषणा

सुन्दरहरैंचा नपामा विपत व्यवस्थापन समिति गठन

९ करोडको लगानीमा सुन्दरहरैंचामा सार्वजनिक शाैचालयको निर्माण हुँदै

हावाहुरीबाट सुन्दरहरैचामा करोडौको क्षति,दर्जनौ परिवारको बिचल्ली

विराटचोकमा प्रिमियर इन्स्योरेन्सको शाखा विस्तार

सुकुना बहुमुखी क्याम्पस प्रदेश १ को शान हो : प्रेमप्रसाद भट्टराई

तपाईको प्रतिक्रिया