विजुली बले संगै खोटाङको सप्तेश्वर–छितापोखरीका गाँउले दंग

खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ सप्तेश्वर छितापोखरीमा विजुली वत्ती वलेको छ । हालसम्म अन्धकारमा बस्दै आएका स्थानीयको घरमा बुधबारबाट झिलीमली विजुली वत्ती बलेको हो । सामुदायिक विधुतीकरण र गाउँपालिकाको सहकार्यमा जडान गरिएको विजुली वत्ती गाउँपालिका प्रमुख भुपेन्द्र राईले स्वीच खोलेर उद्घाटन गरेका छन् ।

सप्तेश्वर छितापोखरीका ४ सय ४३ घरधुरीमा विजुली वत्ती वाल्ने योजना अनुसार २ सय ९ घरमा वत्ती वलेको छ । बाँकी घरमा हाउस वायरिङ भईरहेको र लाईन पुग्ने केही स्थानमा रुखहरु फडाँनी ‐बुस कटिङ) गर्नु पर्ने भएकाले केही समयपछि बाँकी घरहरुमा पनि विजुली वत्ती बल्ने गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।
विजुली वत्ती वलेपछि स्थानीयवासी हर्सित भएका छन् । टुकी तथा सोलार वत्ती वाल्दै आएका स्थानीयको घरमा विजुली वत्ती बल्दा आफूहरु हर्षित भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया