लोप हुँदै परम्परागत काठ चिरानी मेसिन

तेह्रथुम / एक दशक अघिसम्म गाउँगाउँमा काठ काट्ने आरा धरान प्रसस्तै देखिन्थ्यो । ग्रामीण क्षेत्रमा निर्माण हुने घर, विद्यालय तथा अन्य भवन निर्माणका लागि आवश्यक काठ चिरानी गर्न गाउँगाउँमा धरान बनाइन्थ्यो । पछिल्लो समय प्रविधिको विकाससँगै परम्परागत रूपमा काठ चिरानी गर्दै आएको आराको प्रयोग कम मात्रामा हुने गरेका छन् ।

परम्परगत रूपमा चलाउँदै आएका आराबाट काठ चिरानी गर्न कठिन हुनुका साथै आधुनिक मेसिन प्रयोगमा आउन थालेसँगै परम्परागत प्रविधि हट्दै गएको छथर–४ फाक्चामाराका मेघराज लिम्बुले बताए । आधुनिक प्रविधिको विकासले परम्परागत पेशा गर्दै आएका हामीजस्ता पहिलो पुस्तालाई भने समस्या भएको छ । मेसिन किन्ने हैसियत पनि छैन अरु सीप पनि नभएकाले परम्परागत रूपमा काठ चिरानी गर्दै आएकालाई रोजगार नै गुम्दै गएको उनले बताए । सहज र सजिलो मात्र नभई सस्तो मूल्यमै आधुनिक प्रविधिबाट काठ चिरानी हुने गरेकाले परम्परागत मेसिनको प्रयोगमा कमै हुँदै गएको आठराईका मनकुमार लिम्बुले बताए ।

अघिका पुस्ता काठ चिरानीकै लागि भारतको आसाम, दार्जिलिङ, सिक्किम लगायतका स्थानमा पुग्ने गरेका थिए । विभिन्न भूभागमा पुग्दै काठ चिरानी गर्दै रोगजार बनेका युवा पछिल्लो समय प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोगतर्फ लाग्न थालेका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

बसाईसरी आउने नागरिकले पाए इनाम

भुकम्प पिडीत अझै छाप्राकै बास

चरन अभाबले भेडापालन संटकमा

तेह्रथुम जिल्लामा नगरबस सञ्चालन

तपाईको प्रतिक्रिया

Loading…