लोकप्रिय बन्दै रिलायबल बदाम ड्रिङ्क

इटहरी : गर्मी याम लागेसँगै पेयपदार्थको माग बढेको छ । बजारमा चिसो पेयपदार्थको बिक्री बढेको व्यवसायहरुले बताएका छन् । पेयपदार्थहरु मध्ये पछिल्लो समय लोकप्रिय बन्दै गएको रिलायबल बदाम ड्रिकंको समेत माग बढेको कम्पनीका सञ्चालक मदन चुडालले जानकारी दिए ।

स्वाद गुणस्तरका कारण उक्त ड्रिकं लोकप्रिय रहदै आएको चुडालले बताए । बदाम ड्रिङ्क सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ । नेपाली किसानको गोठमा उत्पादन भएको गाईको दूधलाई खपत गरी गुणस्तरीय स्वदेशी उत्पादन गर्ने उद्देश्य बनाएर रिलायबल फुड एन्ड बेभरेजले रिलायबल चक्र र किमु ब्रान्डको नाममा बदाम ड्रिङक उत्पादन गरिरहेको छ ।

नेपालमा एनर्जी ड्रिङ्कको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा दिनहुँ उत्पादन हुने गाइको दूधलाई प्रयोगमा ल्याएर किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायबल फुड एन्ड बेभरेजलले बदाम ड्रिङ्क उत्पादन गरेको हो ।

तपाईको प्रतिक्रिया