लहानमा यामाहाको नयाँ ‘थ्रि एस फेसिलिटी’

लहान  / नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा विश्वस्तरीय सुबिधासम्पन्न संरचना बाट सेवा सुविधा सुरु गरेको छ ।

एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरिएको हो ।

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा मिस नेपाल २०१७ निकिता चन्दकले गर्नु भएको थियो । एसएस अटो सेन्टरबाट ग्राहकले अब विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । ‘यामाहा विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्ड हो ।

र यो क्षेत्रमा यामाहाको मोटरसाइकलको माग निरन्तर बढिरहेको छ,’ एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव साहले भने, अब हामीसँग हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन समेत छ जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया