लक्ष्मी बैंकको १०२ औँ ए.टि. एम अब पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा

लक्ष्मी बैंकले आफ्नो ए.टि.एम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा आज देखि ए.टि.एम सेवा संचालनमा ल्याएकोे छ । यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ । यस् ए.टि.एमको उद्घाटन पृतनापति देवेन्द बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट   मनिष राज कुँवर द्वारा सु सम्पन्न भयो ।

यस् थप ए.टि.एमको साथ, लक्ष्मी बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् । आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि ए.टि.एम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।

तपाईको प्रतिक्रिया