रोयल अटो दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा

ईटहरी । इटहरी स्थित हुण्डाई ब्राण्डका गाडिहरुको आधिकारिक विक्रेता रोयल अटो वल्र्डले आफ्नो दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेशको उपलक्षमा एक कार्यक्रम गरि आफ्नो बार्षिक उत्सव मनाएको छ । स्थानिय व्यवसायी,संचारकर्मीको उपस्थितीमा बार्षिक उत्सव मनाएको छ ।

विश्वमै उत्कृष्ट एवम् नेपाली प्रयोगकर्ताको पनि मन जित्न सफल हुण्डाई ब्राण्डका गाडिहरुको आधिकारिक विक्रेताको रुपमा स्थापित यस रोयल अटो वल्र्डले हालसम्म ४२१ गाडी बिक्रि गरिसकेको छ ।

र, बिक्रि पछिको गुणस्तरीय सेवा प्रदान गरिरहेको जानकारी पनि गराउँदछौँ । सेवाग्राहिको हितलाई मध्यनजर गर्दै, हाल विराटनगरबाट दिँइदै गरेको गाडि सर्भिसिङ सेवालाई थप विस्तार गर्ने लक्ष्य रहेको छ ।

यस क्षेत्रका ग्राहकको सहजतालाइ मध्यनजर गर्दै हामी ईटहरीमा पनि उक्त सेवा चाँडै सुचारु गरिने अध्यक्ष भिम पौडेलले जनाए । साथै, बार्षिक उत्सवको अवसरमा ४२१ ग्राहकमध्ये २० जनालाइ गोलाप्रथामार्फत दुुइ फ्रि सर्भिसिङ दिइने समेत जानकारी गराइयो ।

तपाईको प्रतिक्रिया