रोपाइँको मौसममा मल अभाव

चितवन । रोपाइँको मौसममा जिल्लामा किसानलाई डिएपी मलको अभाव भएको छ । कृषि सामग्री कम्पनीका अनुसार एक हजार टन मल आवश्यक पर्नेमा अहिलेसम्म ४०० टन मात्रै पाएका छन् । आधाभन्दा बढी किसानले मल हाल्न पाएका छैनन् ।

दुई सातादेखि यहाँको कृषि सामग्री कम्पनीमा मल छैन । कृषि सामग्री कम्पनीका प्रमुख रवीन्द्र गौतमले जेठमा ३०० टन र असारमा १०७ टन मल किसानलाई वितरण गरेको जानकारी दिनुभयो । “एक हजार टन वितरण गर्नुपर्ने मल आएको छैन,” उहाँले भन्नुभयो । विशेषगरी यो समयमा डिएपी, युरिया र पोटास मल प्रयोग हुन्छ ।

जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले ३० प्रतिशत मल वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङले आज बिदाको दिन समेत एक हजार १७० बोरा डिएपि मल वितरण गरेको लिमिटेडका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । सहकारीलाई न्यूनतम ४० बोरादेखि एक सय बोरासम्म मल वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया