रिलायबल चक्र बदाम ड्रीङ्कको बढ्दो लोकप्रियता

इटहरी/ नेपाली किसानको गोठमा उत्पादन भएको गाईको दूधलाई खपत गरी गुणस्तरीय स्वदेशी उत्पादन गर्ने उद्देश्य बनाएर रिलायबल फुड एन्ड बेभरेजले रिलायबल चक्र र किमु ब्रान्डको नाममा बदाम ड्रीङक उत्पादन गरिरहेको छ ।

नेपालमा एनर्जी ड्रीङ्कको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा दिनहुँ उत्पादन हुने गाइको दूधलाई प्रयोगमा ल्याएर किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायबल फुड एन्ड बेभरेजलले बदाम ड्रिङ्क उत्पादन गरेको हो । कम्पनीले ” स्वदेशी उत्पादन, किसानको सान, शुद्ध गाईको दूध, गुणस्तरीय बदाम ” लाई मुख्य स्लोगन बनाएर नेपाल भरी आफ्नो उत्पादन विक्री वितरण गरिरहेको छ ।

दूध र बदामको सम्मिश्रणबाट तयार हुने रिलायबल चक्र बदाम ड्रिङ्कको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास हुने भएकाले यसको सेवन सबै वर्गका मानिसले गर्दा हुने कम्पनीका अध्यक्ष अशोक शाहले बताए । कोरोना महामारीको बेला धेरै मानिसहरू कोभिड १९ सँग जुध्नु परेको अवस्था छ । यस्तो बेला झन् रोक प्रतिरोधात्मक क्षमता अधिकतम आवश्यक हुन्छ । यस्तो अवस्थामा बदाम ड्रिङ्क सेवन गर्नाले रोक प्रतिरोधात्मक क्षमताको वृद्धि हुने भएकाले यसको सेवन गर्नु फाइदा जनक छ ।

यो कोरोनाको औषधि नै नभएको तर रोग सँग लड्ने क्षमताको विकास गर्ने भएकाले यसको सेवनले स्वास्थ्य लाभ लिन सक्ने कुरा विज्ञहरूले बताएको शाहको भनाइ छ ।छोटो समयमा बेग्लै पहिचान बनाउन सफल रिलायबल चक्र बदाम ड्रिङ्कको दैनिक उपभोक्ताहरु बढ्दो क्रममा रहेको कम्पनीको दाबी छ ।

तपाईको प्रतिक्रिया