राइनो ५००डी स्टिल रिवारद्वारा हेटौडामा टेक्निकल मिट

काठमाडौं । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ । उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिटको सञ्चालन गरिरहेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

‘राइनो ५००डी नयाँ पुस्ताको उच्च शक्ति र डक्टाइल रीब्ड रिइन्फोर्समेन्ट बार हो । उत्पादन प्रक्रिया र यसमा मिसाइने भौतिक तथा रसायनिक गुणका कारण राइनो अन्य रिबारका तुलनामा फरक छ ।’ कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भने ‘एफई ५००डी ग्रेडको राइनो स्टिल रिबारमा सल्फर र फोसफरसको मात्रा अधिकतम ०.०७५ प्रतिशतमा सिमित गरिएको छ । यसले गर्दा रिबारलाई उच्च शक्ति र डक्टिलिटी प्राप्त हुन्छ ।’

यसमा रहेको डक्टिलिटी र शक्तिका कारण राइनो ५००डी रिबार उच्च सिसमिक जोखिम सहितको नेपालमा प्रयोगका लागि उपयुक्त भएको कम्पनीेले जनाएको छ । यसले भुकम्पीय जोखिम न्यूनिकरण गर्नुका साथै भुकम्प प्रतिरोधी सुरक्षित निर्माणको सुनिश्चितता समेत प्रदान गर्ने कम्पनीको दावी  रहेकाे छ ।

कम्पनीका अनुसार राइनो ५००डी रिबार नेपाल भरका एक्स्क्लुजिव विक्रि केन्द्र मार्फत ८ एमएम देखि ३२ एमएममा उपलब्ध छ । साथै, उपभोक्ताको माग तथा तिनका योजना अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा पनि रिबार उपलब्ध गराउने गरेको छ । फेब्रिकेशनका क्रममा रिबार खेर नजाओस् भन्ने सोचका साथ कम्पनीले यसलाई १२ मिटरको स्थिर लम्बाइमा उपलब्ध गराउने गरेको छ । उपभोक्ताले आफ्नो आवश्यता अनुसार ८एमएम देखि ४० एमएम आकारमा राइनो ५००डी खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…