यी हुन् १ लाख भन्दा कम मूल्यमा पाइने सेकेन्ड ह्यान्ड कार

काठमाडौं / कारको सेकेन्ड ह्यान्ड बजारमा धेरै उप्सन रहेको छ । भारतीय बजारमा १ लाख भन्दा कम मुल्यमा विभिन्न कम्पनीका अनेक मोडल उपलब्ध रहेको छ । यसरी सेकेन्ड ह्यान्ड बजारमा उपलब्ध केही कार राम्रा पनि हुन्छन भने केही १५ वर्ष पुरानासम्म हुन्छन् ।

१५ वर्ष पुराना कार दिल्ली–एनसीआरमा दर्ता गर्न नपाइने भएपनि अन्य राज्यमा दर्ता गर्न सकिन्छ । यहाँ भारतको सेकेन्ड ह्यान्ड बजारमा १ लाख भारु भन्दा कम मूल्यमा उपलब्ध मारुती जेनदेखि टोयोटा कोरोलासम्म रहेका छन् ।

जेन: कुनै समय भारतको सबैभन्दा धेरै बिक्री हुने कारको रुपमा रहेको थियो मारुतीको ह्याचब्याक जेन । जेन कार थ्री स्पीड अटोमेटिक ट्रान्समिसन सहित ९ सय ९३ सीसी इन्जिन, ४ सिलिन्टर पेट्रोल इन्जिनमा उपलब्ध थियो । २००३ मोडलको जेन कार करिब ७० हजार भारुमै खरिद गर्न पाइन्छ ।

टोयोटा कोरोला: कुनै समयको निक्कै चर्चित कार टोयोटा कोरोला कार धेरैको समना कारको रुपमा रहेको थियो । टोयोटा कोरोला कारमा १.८ लिटर भीभीटी–आइ इन्जिन रहेको छ । यो कार निक्कै विश्वसनिय कारको रुपमा समेत रहेको थियो भारतीय बजा।मा । २००४ मोडलको टोयोटा कोरोला अटोमेटिक ९० हजार भारुमा पाइन्छ ।

मारुती ८००: मारुती ८०० भारतको सबैभन्दा पुरानो ह्याचब्याक मध्येमा पर्छ । यो कार भारतीय बजारमा करिब २ दशकदेखि उपलब्ध रहेको छ । मारुती ८०० को सबैभन्दा ठूलो बिषेशता यो कार विश्वसनिय छ । यो कारको मर्मत समेन निक्कै सस्तो पर्छ । मारुती ८०० सबैको कारको रुपमा भारतीय बजारमा स्थापित भयो र आज पनि यो कारको रिसेल भ्यालु अन्य कारको तुलनामा राम्रो रहेको छ । अहिले मारुती ८०० भारतीय बजारमा ५० हजारदेखि ६० हजार भारु सम्ममा पाइन्छ ।

हुन्डाइ सेन्ट्रो: कोरियाली कार उत्पादक कम्पनी हुन्डाइले भारतमा ल्याएको पहिलो कार सेन्ट्रो हो । सेन्ट्रो कार अहिले पनि सवारी सिक्नेका लागि सबैभन्दा उपयोगी कारको रुपमा रहेको छ । यो कार चलाउन निक्कै सजिलो रहेको छ । २००६ मोडलको सेन्ट्रो कार भारतीय बजारमा ७० हजार भारुमा पाइन्छ ।

टाटा इन्डिका: भरतीय सवारी उत्पादक कम्पनी टाटाको पहिलो ह्याचब्याक कार हो इन्डिका । टाटाले ह्याचब्याक कारमा पनि धेरै स्पेस हुन्छ भन्ने कुरा इन्डिकाको सार्वजनिक संगै स्थापित ग¥यो । उक्त समयमा इन्डिका अन्य कारको तुलनामा सस्ता पनि थियो । यो कार ट्याक्सीमा पनि धेरै प्रयोग भएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया