यस्ताे छ एचएफसीकाे “प्रेडिक्ट एन्ड विन कन्टेस्ट”

इटहरी । इटहरी स्थित एचएफसी रेष्टुरेन्टले विश्व कप २०१८ लाई लक्षित गरेर ” प्रेडिक्ट एन्ड विन कन्टेस्ट” याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत खेलकाे  नतिजा (स्काेर) अनुमान गरि  सहीउत्तर दिनेले रू ५०० बराबरकाे काे कुपन प्राप्त गर्नेछन् ।  सहीउत्तर एचएफसीकाे  फेसबुकपेजमा कम्मेन्ट गर्नु पर्ने र एक भन्दा बढीकाे सहिउत्तर मिलेमा गाेलाप्रथा द्वारा बिजेता छनाैट हुने   एचएफसीका हेड अफ अपरेसन अरूण चाैधरीले बताए ।

स्थापना भएकाे छाेटाे अवधिमा लाेकप्रिय बन्दै गएकाे एचएफसीले यस याेजनामा उत्पादन भएका अाइटमहरूमा भारी छुटका साथै चिल्ड्रेन प्याकेज समेत ल्याएकाे हाे ।काठमाण्डौमा सञ्चालन हुदै आएको थ्रीसी हस्पिटालीटीले संचालन गर्दै आएको एचएफसी पूर्वको पहिलो शाखा हाे । करिब २ कराेडकाे लागानीमा संचालित उक्त रेस्टुरेन्टले बिभिन्न परिकारका चिकन, बर्गर लगायत ननभेज तथा भेज परिकारहरूकाे काे स्वाद पस्कने गरेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…