यस्ताे छ आजकाे सुनचाँदी मूल्य

काठमाडौं, पुस ३० / साताको पहिलो दिन (आईतबार) आज नेपाली बजारमा पहेलो धातु अर्थात सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ५६ हजार ६ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज १० रुपैयाका दरले बढेको छ । चाँदी आज सात सय ६० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया