यती एयरलाइन्सद्वारा एसडीजी सटल बसहरु सार्वजनिक

काठमाडौं । यती एयरलाइन्सद्वारा नेपाल स्थित युनाइटेड नेसन्ससंगको सहकार्यमा विहिवार दिर्घकालिन विकास योजनार्थ सामान्य सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ । एयरलाइन्सले अभियान अन्तर्गतका आफ्ना १७ लक्ष्य सहितका दूई नयाँ एयरपोर्ट शटल बसपनि सार्वजनिक गरेको छ ।

विमानस्थलमा टर्मिनल र विमान विचनको यात्रा गर्दा ह्याण्डि (सहज) एसडीजी फ्लायर्स र लिफलेट सहितका यी बसहरुले हवाई यात्रुहरुलाई दिर्घकालिन विकास योजना अन्तर्गतका आफ्ना लक्ष्यका बारेमा जानकारी दिनुका साथै, यसको प्राप्तिका लागि तिनले गर्न सक्ने सहयोग तथा कार्यका बारेमा सुसुचित गर्ने आशा गरिएको छ ।

 एसडीजी जानकारी सहितका बस सार्वजनिक गर्न त्रीभूवन अन्तरराष्ट्रिय विमानस्थल स्थित आन्तरिक (डोमेस्टिक) टर्मिनलमा आयोजित कार्यक्रममा बोल्दै ‘यसले ग्लोबल कजका लागि हाम्रो र नेपाल स्थित यूनाइटेड नेसन्स विचको सहकाय इगिंत गर्छ’, यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले भने ।

दिर्घकालिन विकास योजनाका लागि थप पहल सहितका घोषणापनि चाँडै गर्ने जानकारी दिँदै उनले यो सहकार्यले अन्य नीजि क्षेत्रका कम्पनीले समेत योजना साकार पार्नका लागि पहल गर्न प्रेरणा प्रदान हुने आशा ब्यक्त गरे । नेपाल लगायत यूएन सदस्य राष्ट्रहरुले एसडीजी सन् २०१५मा आत्मसात गरेका हुन् ।

यस अन्तर्गत सन् २०३० सम्ममा समस्त जनता तथा ग्रहका लागि गरिवी निवारण गर्दै समानता सहितको सुखि, सुरक्षित विश्व स्थापना गर्ने साझा लक्ष्य लिइएको छ । एसडीजीको यो लक्ष्य प्राप्तिका लागि नीजि क्षेत्रलाई प्रमुख पार्टनरका रुपमा लिइएको छ । एसडीजीको सफल कार्यान्वोयनका लागि नीजि क्षेत्रसंग पर्याप्त श्रोत, प्रविधि र नवप्रबर्तनको पर्याप्त सम्भावना रहेको कार्यक्रम मार्फत जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया

Loading…